बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व पतिसँग गाइन् अन्जु पन्तले गीत

शुक्रबार, ०४ माघ २०७५, १८ : १३
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं– गायिका अन्जु पन्तले पूर्व पति गायक तथा संगीतकार मनोजराज शिवाकोटीसँग गीत गाएकी छन् । उनले मनोजसँग ‘सम्झे पनि तिम्रो याद...’ बोलको गजल गीत गाएकी हुन् । 

शुक्रबार भिडियोसहित सार्वजनिक गीतमा गजलकार सुरेश वाग्लेको शब्द तथा मनोजराजकै संगीत रहेको छ । निकेश खड्काले निर्देशन रहेको भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्लेको अभिनय रहेको छ । 

डिभोर्सपछि गायिका अन्जुले पहिलोपटक मनोजराजसँग यो गीत गाएकी हुन् । अन्जु पन्त र मनोजराजसँग आफ्नो निकै पुरानो चिनजान रहेकोले पारिवारिक सम्बन्ध टाढा भएपनि सांगीतिक सम्बन्धमा म जोड्न सफल भएको गीतकार वाग्लेको भनाई रहेको छ । 

भिडियोमा अन्जुको जीवनमा भएको वास्तविक कथा प्रियंका र अनिल थापाले प्रस्तुत गरेको निर्देशक निकेशले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप