मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘जोकर’ गीत : ‘तिम्रो जिरो फिगर’ भन्दै महादेव र सिम्पल

शुक्रबार, ०४ माघ २०७५, १८ : ०५
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं– १ चैत्र रिलिज मिति तोक्दै प्रचारप्रसारमा जुटेको फिल्म ‘जोकर’ फेरि सरेको छ । फिल्म १ चैत्रबाट सरेर ३ फागुनमा आएको यसका वितरक करण श्रेष्ठ क्रेजीले बताए ।  ‘चैत्र १ मा धेरै फिल्म हुने भएपछि रिलिज फागुनमा ल्याइएको हो’ करणले भने ‘फिल्म इन्टरटेनमेन्ट छ, सबैले रुचाउनुहुन्छ ।’

फिल्मको शुक्रबार नयाँ गीत ‘तिम्रो जिरो फिगर’ समेत सार्वजनिक गरिएको छ । रोमान्टिक डान्सिङ प्याटनको गीतमा अभिनेता महादेव त्रिपाठी र नव अभिनेत्री सिम्पल खरेलले कोरका साथमा डान्स गरेका छन् । 
धुर्व बिस्कोको शब्द तथा संगीत रहेको गीतमा स्वर धुर्व र सुमन गुरुङको रहेको छ । गीतको कोरियोगफी शिव विकले गरेका हुन् । याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार तथा निर्देशक महादेव त्रिपाठीको ‘जोकर’ मा विशेष पन्तले लेखेका हुन् । 

महादेवको अलवा सुरेन्द्र केसी (मुलको साग), शिवशंकर रिजाल(जोकेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरी, नवराज श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, विशेष पन्त र नव अभिनेत्री सिम्पल खरेलको अभिनय छ ।

फिल्मलाई गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ्ग, केदारप्रसाद कोईराला, सामन र रेहान तथा कुमार सिलवालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप