शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिचिङमा आईसीयू नपाएपछि थापा माइतीघरमा

शुक्रबार, ०४ माघ २०७५, १७ : ५०
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं– डा.गोविन्द केसीको विपक्षमा अनशन बसेका विजय थापा त्रिवि शिक्षण अस्पतालबाट निस्केका छन् । आज बिहान ११ बजे उपचारको लागि ल्याइएका अनशनरत  थापा अस्पतालबाट निस्केका हुन् । ‘स्वास्थ्य अवस्था झनै विग्रर्दै गए पनि त्रिवि शिक्षण अस्पतालले आइएसियू नभएको जानकारी गराएपछि थापा अस्पतालबाट निस्किएका छन्’ थापाको पारिवारिक श्रोतले बताएको छ ।

 ११ बजे देखि आकस्मिक कक्षमा बस्दा सामान्य उपचार समेत नपाएको भन्दै थापा पक्षले अब माईतीघरमा गएर अनशनलाई निरन्तरता दिने बताएको छ ।   थापा विगत ८ दिन देखि डाक्टर केसीको विपक्षमा इलाममा अनशन बस्दै आइरहेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि आजै उनलाई उपचारको लागि इलामबाट टिचिङमा ल्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप