दाङमा दुई पत्रकारलाई कारबाही : आचारसंहिता विपरित काम गरेको महासंघको ठहर
बुटवल । नेपाल पत्रकार महासंघ दाङ शाखाले आचारसंहिता विपरित कार्य गरेको भन्दै त्यहाँका दुईजना पत्रकारलाई कारबाही गर्न सिफारिस गरेको छ ।
शाखाका अध्यक्ष सविन प्रियाशनको अध्यक्षतामा शुक्रवार बसेको महासंघको बैठकले त्यहाँका पत्रकार सागर थापा र अर्का पत्रकार विष्णु देवकोटाको सदस्यता खारेज गर्न सिफरिस गरेको हो ।
थापाको नेपाल पत्रकार महासंघको सदस्यता खारेज गर्न सिफारिस गरेको हो भने देवकोटाको सदस्यता प्रक्रियामा रहेकोले सदस्यता रोक्न केन्द्रमा सिफारिस पठाउने निर्णय भएको दाङ शाखाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
महासंघबाट जारी विज्ञप्तीमा उक्त घटना वा अन्य कुन घटनामा उनीहरुले पत्रकार आचारसंहिता विपरित काम गरे ? भन्नेबारे खुलाइएको छैन । २६ गते महासंघले छानविन समिति गठन गरेको र अनुसन्धानबाट उनीहरुले आचारसंहिता विपरित काम गरेको स्पष्ट आधारहरु भएको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि
-
इलाम उपचुनावका चुनौती