बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेमलिला’ ट्रेलरमा प्रेम र लिलाको जीवनका उतार चढाव

शुक्रबार, ०४ माघ २०७५, १७ : ५१
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं– फिल्म ’प्रेमलिला’ले ट्रेलर सार्वजनिक गरेको छ । १० फागुनबाट प्रदर्शनमा आउने यो फिल्मले राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो । प्रेमकथामा निर्माण भएको ट्रेलरमा फिल्मको दुई मुख्य पात्र प्रेम र लिलाको प्रेममा आउने उतारचढाव समेटिएको छ । फिल्मले अन्तर्देशीय प्रेमकथा कथाको रुपमा उठाएको छ । 

कार्यक्रममा अभिनेत्री दीपशिखा खड्काले फिल्म निर्माण गर्नु निकै गाह्रो रहेको बताइन् । उनले निर्माताको पीडा बुझ्न हरेक कलाकारले एकपटक फिल्म निर्माण गर्नुपर्ने बताइन् । फिल्ममा दीपशिखाको अलवा अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । 

अभिनेत्री खड्काकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेको हो ।

पवन गौतमको छायाँकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नविन कार्की र रविराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप