बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डिएसपी धितालको दावी : ‘जुवा खेलाउन निर्देशन दिएको छैन’

शुक्रबार, ०४ माघ २०७५, १७ : ४६
शुक्रबार, ०४ माघ २०७५

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी प्रविण धितालले आफूले जुवा खेलाउन निर्देशन नदिएको दावी गरेका छन् । यसअघि ‘डिएसपी धिताललाई कारबाही गर्न सिडिओलाई ज्ञापनपत्र’ शीर्षकमा समाचार प्रकाशन भएपछि धितालले आफूले त्यस्तो निर्देशन नदिएको दावी गरेका हुन् ।

समाचार सार्वजनिक भएपछि रातोपाटीसँग कुरा गर्दै डिएसपी धितालले आफू कानुनले निषेध गरेको जुवातास नियन्त्रणको पक्षमा रहेको भन्दै कहिँकतै त्यस्तो गतिविधि गरेको भेटिए कानुनसम्मत कारबाही भोग्न तयार रहेको दावी गरे । 

जुवा खेलाउन निर्देशन दिएको आरोप लागेका डिएसपी धिताल भने आफूले जुवाडे पक्राउ गर्न बनाइएको योजनाको अडियो बाहिरिएको र त्यसलाई अतिरञ्जित गरेर अफवाह फैलाएको बताएका छन् । 

डिएसपी धितालले जुवा खेलाउन निर्देशन दिएको अडियो सामाजिक सञ्जाल तथा मिडियामा सार्वजनिक भएपछि आवश्यक छानविन गरी कारवाहीको माग गर्दै २ विद्यार्थी संगठनले बुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप