शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण तथा गुल्मको नाम परिवर्तनप्रति राप्रपाको आपत्ति

शुक्रबार, ०४ माघ २०७५, १७ : ०५
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले गैरकानुनी रुपमा विदेशी बैंकमा राखेको रकम राज्यले कब्जा गर्नुपर्ने बताएको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा शुक्रबार बसेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केही नेपाली नागरिकले गैरकानुनी रुपमा विदेशी बैंकहरुमा अवैध धन लुकाएको तथ्यसहित सञ्चारमाध्यममा सार्वजनिक भएको विषयलाई राप्रपाले गम्भीरतापूर्वक लिएको बताएको छ । 

त्यस्तो धनबारे नेपाल सरकार र सम्बद्ध निकायले तत्काल छानबिन गर्न, सत्यतथ्य सार्वजनिक गर्न र शंकास्पद व्यक्ति वा संस्थाको बैंक खाता तत्काल रोक्का गर्न र अवैध सम्पत्ति जफत गरि कानुन विपरीतका कार्यमा संलग्न अपराधीलाई कडा कारबाही गर्न माग गरेको छ । 

त्यस्तै सशस्त्र प्रहरी बल अन्तर्गतका निकायमा ऐतिहासिक स्थल तथा देवी देवताहरुको नाममा स्थापना गरिएका गण तथा गुल्महरुको गोप्य ढंगबाट नाम परिवर्तन गरि नयाँ नामाकरण गरिनु दुःखद र दुर्भाग्यपूर्ण रहेको राप्रपाले जनाएको छ । 

‘सरकारले सशस्त्र प्रहरी गण, गुल्मको नाम परिवर्तन गर्ने कार्य पूर्वाग्रहपूर्ण र संकीर्ण मानसिकताको उपज हो । सशस्त्र प्रहरी बलमा प्रचलित नामको परिवर्तन केवल एउटा सामान्य घटना मात्रै होइन, हिन्दुत्व र हिन्दु मान्यता विरुद्ध भइरहेको षड्यन्त्रको नियमित श्रृङखला हो, यसले कालान्तरमा सामाजिक, सांस्कृतिक सदभावमा असर पार्ने, राष्ट्रिय एकतामा खलल पु¥याउने र संवेदनशील सुरक्षा निकायमा मतभेद उत्पन्न हुन सक्ने सम्भावनालाई दृष्टिगत गरि अबिलम्ब निर्णय तत्काल फिर्ता लिन राप्रपा सरकारसंग माग गर्दछ’ बैठकपछि जारी राप्रपाको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बैठकले पार्टीले हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियान अन्तर्गत माघ ७ र ८ गते  तय गरेको देशव्यापी घरदैलो कार्यक्रम तथा माघ १३, १४ र १५ गते सबै नगरपालिका र गाउँपालिकामा हुने हिन्दुराष्ट्र पुर्नस्थापना जनजागरण सभामा सक्रिय र अनिवार्य रुपमा सहभागी हुन पार्टीका सबै तहका सदस्यलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

आजको बैठकमा राप्रपा असन्तुष्ट नेताहरु बुद्विमान तामाङलगायतका नेताहरु पनि सहभागि भएको श्रेष्ठले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप