सुनको सिक्री लुट्ने दुई लुटेर प्रहरी फन्दामा
शुक्रबार, ०४ माघ २०७५, १६ : ३३
बुटवल । प्रहरीले दाङको घोराहीबाट लुटपाटमा संलग्न दुइजना लुटेराहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिकाका २१ वर्षीय मुकेश यादव र १६ वर्षीय प्रदिप यादव रहेका छन् ।
घोराही–१३ बाह्रकुने–१६ बस्ने ५१ वर्षीय पञ्चमाया बुढाले घाँटीमा लगाएको ३.५ तोलाको सुनको सिक्री लुटेका उनीहरुलाई खोज्दै जाँदा प्रहरीले उक्त सिक्रीसहित आज पक्राउ गरिएको जनाएको छ ।
उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २० को दफा २४६ बमोजिम अदालतमा मुद्दा दायर गरी कारबाही चलाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।