शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकार समृद्धिसहितको विकास चाहन्छ : मुख्यमन्त्री पौडेल

शुक्रबार, ०४ माघ २०७५, १६ : १०
शुक्रबार, ०४ माघ २०७५

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशियाली विकास बैंकद्वारा लगानी गरिएको क्षेत्रमा प्रतिफलको मूल्याङ्कन गरिनुपर्ने धारणा राखेका छन् । 

धेरै वर्षअघिदेखि लगानी शुरु गरेको एडिबीले हालसम्म कहाँ र कसरी लगानी गरिरहेको छ ? र त्यसका उपलब्धि के के हुन ? अध्ययन गर्नुपर्ने उनको भनाइ थियो । 

एशियाली विकास बैंकद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले एडिबीले लगानीको क्षेत्रलाई परिवर्तन गर्नुपर्ने र उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे । 

जनताका बीचमा धेरै कुरा पु¥याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले हरेक आयोजना गरीबी अन्त्य गर्ने खालको हुनुपर्ने बताए । 

प्रदेश सरकारले समृद्धिसहितको विकास चाहेको उल्लेख गर्दै सरकारको हरेक विकासका कदम समृद्ध नेपाल सुखी नेपाली बनाउनेतर्फ अग्रसर हुने बताए । 

मुख्यमन्त्री पौडेलले प्रदेशको आर्थिक वृद्धिदर नौ प्रतिशत पु¥याउने सरकारको लक्ष्य पूरा गर्न लागिपर्ने बताउँदै ३ नं प्रदेश साधन स्रोतलगायत सबै हिसाबले धनी भएको उल्लेख गरे । 

कार्यक्रममा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल तथा प्रदेश ३ का स्थानीय तहका प्रमुखहरुको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप