बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुल्झिएन बिन्द्रावती स्कुलको विवाद, गाँउपालिका अध्यक्षले रोके नापी

शुक्रबार, ०४ माघ २०७५, १६ : ०६
शुक्रबार, ०४ माघ २०७५

गोरखा । गोरखाको भिमसेन थापा गाँउपालिका–१ मा रहेको बिन्द्रावती उच्च माविको आन्तरिक विवाद अझै सुल्झिन सकेको छैन ।

जग्गाको बिषयलाई लिएर गत पुस २९ गते विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा हालका सदस्य शिव कुमार श्रेष्ठले प्रअ उत्तर नारायण श्रेष्ठलाई  हातपात गरेपछि विवाद उत्पन्न भएको थियो ।

सार्वजनिक स्थलमा प्रअलाई हातपात गरेको अभियोगमा शिबकुमार श्रेष्ठलाई गोरखा प्रहरीले हिरासतमा लिएको छ ।

उता विद्यालयको वातावरण सहज बनाई सम्बन्धित विवादको समाधान गर्न वडा नम्बर १ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति सदस्य बद्रिनारायण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । 

समितिले शिब श्रेष्ठलाई कार्यसमितिबाट बर्खास्त गर्ने र जिल्ला नापी कार्यालयबाट गोरखाबाट नापी ल्याई विद्यालयको जग्गा छुट्याउने निर्णय गरेको थियो ।

समितिले आगामी माघ ७ गते हुने भनिएको विद्यालयको बार्षिक उत्सब समेत स्थगित गरेको छ । 

गाँउपालिका अध्यक्षले रोके नापी 
विवाद समाधान समितिले गरेको निर्णय उल्ट्याउँदै गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जिल्ला नापी कार्यालय गोरखालाई नापी नपठाउन अनुरोध गरेका छन् ।

उनले सम्बन्धित व्यक्ति हिरासतमा भएकोले नापीको औचित्य नहुने बताए । विद्यालय व्यवस्थापन समतिले गाउँपालिकालाई  उक्त घटनाको बारेमा जानकारी नगराएकाले उचित निर्णय लिन नसकेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले विवादको स्थायी समाधान खोजिने बताए । 

यता वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि नारायण श्रेष्ठले गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेलाई घटनाबारे बारम्बर टेलिफोन सम्पर्क गरेर जानकारी गराएको बताए । उनी भन्छन्, ‘न गाँउपालिका अध्यक्षले काम गर्छन्, न हामीलाई खुलेर काम गर्न दिन्छन् । समस्या समाधान गर्न नापी ल्याउने निर्णय गरियो, तर गाँउपालिका अध्यक्षले रोके ।’

उक्त घटनाप्रति अहिलेसम्म गाउँपालिका जनप्रतिनिधिहरू मौन छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप