शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा ‘हिमालयन हाईड्रो एक्स्पो’ सुरु (फोटोफिचर)

शुक्रबार, ०४ माघ २०७५, १५ : २०
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं-काठमाडौंको भृकुटीमण्डपमा ‘हिमालयन हाईड्रो एक्स्पो’ सुरु भएको छ ।  नेपाललाई उर्जामा आत्मनिर्भर बनाउने सरकारको अभियानमा साथ दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल(इपान)को संयोजनमा सो एक्स्पो शुक्रबारदेखि काठमाडौंमा सुरु भएको हो । एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको विकास र समृद्धिको अभियानलाई अघि बढाउन सो एक्स्पोले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । 

उनले नेपालको समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रको विकास गर्न सरकारले कार्य योजनानै तय गरेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे ।  जलविद्युतलगायतका उर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध हुने र नेपाली जनता पनि सुखी र खुसी हुने उपराष्ट्रपति पुनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको उर्जा क्षेत्रको भविष्य सुखद् रहेको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रले उल्लेख्य योगदान दिने विश्वास पनि व्यक्त गरे ।  त्यस अवसरमा उनले २ सय भन्दाबढी जलविद्युत आयोजनाको निर्माण गर्न निजी क्षेत्र अग्रसर भएकोमा पनि खुसी व्यक्त गरे ।

३ दिनसम्म चल्ने एक्स्पोमा उर्जासँग सम्बन्धित उपकरण, लगानीकर्ता र बैंक तथा वित्तिय संस्थाहरुले १ सय भन्दाबढी स्टल राखेका छन् । एक्स्पोमा उर्जासम्बन्धि नयाँ–नयाँ प्रविधिका विषयमा विस्तृत जानकारी लिने व्यवस्था पनि गरिएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए ।

भारत, चीन, नर्वे, ब्राजिल, इटाली, स्विडेन, बेलायतलगायतका मुलुकहरु सहभागी रहेको एक्स्पोमा ५० हजारभन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप