शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधनलाई ‘फेसन’ नबनाउन प्रधानमन्त्रीको आग्रह

शुक्रबार, ०४ माघ २०७५, १४ : १४
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयलाई फेसन नबनाउन आग्रह गरेका छन् । 

शुक्रबार संसद बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई ‘फेसन’ नवाउँन आग्रह गरेका हुन् ।

संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले संविधान संशोधन कहिले हुन्छ भनि प्रधानमन्त्रीलाई गरेको प्रश्नमा प्रधानन्त्रीले भने, ‘संविधान संशोधन आवाश्यक्ताले र औचित्यले गर्ने हो । यसलाई फेसनको विषय बनाउनु हुँदैन । मैले पहिलेदेखि भन्दै आएको छु । यो देशका लागि बनाएको हो । यो अपरिवर्तनीय होइन । त्यसकारण सैद्धान्तिक हिसाबले संविधान संशोधन गर्न हामी तयार छौ ।’

उनले राष्ट्रिय हित र आवश्यक्तालाई मध्यनजर गरेर संविधान संशोधन गर्न सकिने भन्दै जनतालाई सम्मानित बनाउन, विकास बढाउन जहिले संशोधनको औचित्य हुन्छ त्यसवेला अनिवार्य पनि हुने भएकाले चिन्ता नगर्न आग्रह गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप