टिचिङमा परस्पर विरोधी अनशनकर्ता : केसी आईसीयूमा, थापा इमरजेन्सीमा
काठमाडौं– चिकित्सा विधेयकको पक्ष र विपक्षमा माग राख्दै इलाममा अनशनरत डा.गोविन्द केसी र विद्यार्थी विजय थापाको स्वास्थ्य अवस्था थप चिन्ताजनक भएपछि दुवैलाई काठमााडौं ल्याइएको छ । शुक्रबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत दुवैजनाई काठमाडौं ल्याइएको हो ।
अहिले दुबैजनाको त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी र आईसीयू कक्षमा उपचार भइरहेको छ । डा.केसीलाई अस्पतालको आईसीयू कक्षमा भर्ना गरिएको छ भने थापालाई इमरजेन्सीमा भर्ना गरिएको छ । उनीहरु दुबैजनालाई भेट्न दिइएको छैन । अस्पताल परिसरमा दर्जनौको संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । डा.केसीलाई शुक्रबार बिहान नेपाली कांग्रेसका युवा नेता गगन थापाले भेट गरेका छन् । भेटबारे उनले कुनै प्रतिक्रिया दिएनन् ।
चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसीले इलाममा १६ औं अनसन थालेका थिए। अनसन थालेलगत्तै उनको स्वास्थ्य अवस्था बिग्रिएपछि नेपाली सेनाका एमआई १७ नाइटभिजने हेलिकोप्टरमार्फत उनलाई शुक्रबार बिहान ३ बजे झापाको भद्रपुर हुँदै काठमाडौं ल्याइएको थियो ।
त्यस्तै चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि थापाले आमरण अनशन शुरु गरेका थिए । उनले डा.केसीको मागका विरुद्ध खुलेआम अनसन सुरु गरेपछि सबैको चासोका विषय बनेको थियो ।
उनलाई नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टरबाट आज बिहान १० बजे झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौँ ल्याइएको थियो ।
इलाममा उपचार सम्भव नभएको चिकित्सकले बताएपछि उनलाई आज बिहान ३ बजे इलामबाट एम्बुलेन्समार्फत झापा ल्याइएको थियो । झापा ल्याएर उनलाई मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र प्रहरीका जिल्लास्थित उच्च अधिकारी थापालाई काठमाडौँ पठाउने बेलामा विमानस्थलमा उपस्थित थिए । दुवै अनशनकारीलाई जीवनरक्षाका लागि थप उपचार आवश्यक भएको हुँदा सरकारले नै काठमाडौँ लैजाने व्यवस्था मिलाएको हो ।
दुवैलाई एउटै हेलिकप्टरमार्फत राति नै काठमाडौँ लैजाने तयारी सरकारले गरेता पनि चन्द्रगढी विमानस्थलमा अनशनकारी थापालाई ल्याउन आधा घण्टा ढिलाइ भएको र त्यहीबेला प्राडा केसीको स्वास्थ्य झन् नाजुक बनेपछि केसीलाई मात्र लिएर सेनाको हेलिकप्टर राति काठमाडौँ उडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण