शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सबै स्थानीय तहमा बैंक पुर्याउने सरकारको लक्ष्य अझै पूरा भएन

शुक्रबार, ०४ माघ २०७५, ११ : २१
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं–सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुर्याउने सरकारको लक्ष्य अझै पूरा हुन सकेन ।

 नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ७५३ स्थानीय तहमध्ये ६ सय ८८  स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुगेको छ । सरकारले गत वर्ष नै सबै स्थानीय तहमा बाणिज्य बैंकहरुको शाखा पुर्याउने लक्ष्य लिएको थियो । 

सबैभन्दा बढी स्थानीय तह रहेको प्रदेश १ मा १२० स्थानीय तहमा शाखा पुगेको छ । प्रदेश १ मा १३७ वटा स्थानीय तह छन् । १३६ वटा स्थानीय तह रहेको प्रदेश २ मा १३३ स्थानीय तहमा बैंकको शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ । यता ११९ वटा स्थानीय तह रहेको प्रदेश ३ मा ११२ स्थानीय तहमा बैंकको शाखा पुगेको छ । 

गण्डकी प्रदेशमा  ८२ स्थानीय तहमा शाखा पुगेको छ । यो प्रदेशमा ८५ स्थानीय तह छ । प्रदेश ५ मा १०७ स्थानीय तहमा  वाणिज्य बैंकको शाखा पुगेको छ । यो प्रदेशमा १०९ वटा स्थानीय तह छ । 

कर्णाली प्रदेशमा  ६२ वटा स्थानीय तहमा शाखा पुगेको छ । यो प्रदेशमा ७९ स्थानीय तह छन् । सुदुरपश्चिममा  ७२ स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुगेको छ । यसमा ८८ वटा स्थानीय तह छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप