शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामूहिक बलात्कार काण्डका दोषी विष्णु पक्राउ

शुक्रबार, ०४ माघ २०७५, ११ : १५
शुक्रबार, ०४ माघ २०७५

बुटवल– सर्वाेच्च अदालतले सजाय सुनाएको झन्डै दुई वर्षपछि दाङ प्रहरीले सामूहिक बलात्कार काण्डका दोषी विष्णु चौधरीलाई पक्राउ गरेको छ ।

चौधरीलाई २०७३ साल फागुन ३० गते सर्वाेच्च अदालतका तत्कालीन न्यायाधीशद्वय गोपाल पराजुली र गोविन्दप्रसाद उपाध्यायको संयुक्त इजलाशले बलात्कार गरी लुटपाट गरेको आरोपमा उनलाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । 
२०६५ साल चैत महिनामा बिजौरीमा भएको सामूहिक बलात्कार घटनामा उनी संलग्न रहेको  अदालतको  फैसलाको आधारमा दाङ प्रहरीले पक्राउ गरेको हो ।  अदालतको फैसला पश्चात चौधरी फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले चौधरीलाई तुलसीपुर—१८ मा रहेको घरबाटै शुक्रबार पक्राउ गरेको जनाएको छ ।

 चौधरीलाई अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएको  प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप