शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच महिनामा ३७.६ प्रतिशतले सेयर कारोबार घट्दा लगानीकर्ताले कति गुमाए ?

शुक्रबार, ०४ माघ २०७५, ११ : ०८
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं–चालु आर्थिक वर्षको पाँच महिनामा सेयर कारोबार भने ३७.६ प्रतिशतले ह्रास आएर ६ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ ।  गत वर्षको यसै अवधिमा १० अर्ब ६३ करोड रुपैयाँ थियो ।
  यो पाँच महिनामा नेप्से सुचकांक २४.४ प्रतिशतले घटिसकेको छ । गत वर्ष १५२०.२ विन्दुमा रहेको  नेप्से परिसुचक  यो पाँच महिनामा ११४८.८ विन्दुमा सिमित भएको छ । 

यता, पाँच महिनामा साढे १४ अर्ब रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ । यसमा ३ अर्ब ५ करोडको आइपिओ,  ६ अर्ब बराबरको हकप्रद सेयर र  ५ अर्ब ४७ करोड रुपैयाँको बोनस सेयर  गरी १४ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको हो । 
नेपाल स्टक एक्सचेनजमा सूचीकृत सेयरको चुक्ता मूल्य बार्षिक विन्दुगत आधारमा  १७.५ प्रतिशतले बृद्धि भएर ३ खर्ब ६३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । 
मंसिर मसान्तसम्म नेप्सेमा १९८ कम्पनी सूचीकृत रहेका छन् । जसमा सबैभन्दा बढी बैंक तथा वित्तिय संस्थाको संख्या रहेको छ । १४७ वटा बैंक तथा वित्तिय संस्था रहेका छन् । यसमा बिमा कम्पनी पनि समेटिएको छ । यसले सेयर बजारमा बैंक तथा वित्तिय संस्थाको वर्चस्व रहेको देखाउँछ । 
 १८ वटा प्रशोधन तथा उत्पादन उद्योग छन् भने २१ वटा जलविद्युत कम्पनी रहेका छन् । ४ वटा होटल, ४ वटा व्यापारिक संस्था र ४ वटा अन्य समुह रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप