डिएसपीलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र
सम्राट सिंह
बझाङ जिल्लाका डिएसपी प्रविण धितालले जुवा खेलाउन निर्देशन दिएको अडियो सामाजिक संञ्जाल तथा मिडियामा सार्वजनिक भएपछि आवश्यक छानविन गरी कारवाहीको माग गर्दै २ विद्यार्थी संगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रहरीको नेतृत्वबाट नै यसरी जुवा खेलाउन निर्देशन दिएको अडियो सार्वजनिक भएपछि विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै आवश्यक छानविन गरी कारबाहीको माग गरेका हुन् ।
डिएसपी धितालले जिल्लामा हुँदा जुवातास बन्द गरेर चर्चामा आउने तर काठमाडौँ गई कमिसन लिएर जुवा खेलाउन अनुमति दिलाउने दोहोरो चरित्र देखाएको अनेरास्ववियूका जिल्ला सचिव प्रविन्द्र धामीले बताए । यसरी जनताको सेवक प्रहरीको नेतृत्वबाट नै यसरी जुवा खेलाउन दिएको निर्देशनको विद्यार्थी संगठनहरुले घोर आपत्ति रहेको उनको भनाइ छ ।
अनेरास्ववियूका सचिव प्रविन्द्र धामी र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रामचन्द्र रोकायाको संयुक्त हस्ताक्षर सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँवरलाई बुझाएको र बोदार्थ गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएको छ । जुवा खेलाउन निर्देशन दिएको आरोप लागेका डिएसपी धिताल भने आफुले जुवाडे पक्राउ गर्न बनाएको योजनाको अडियो नै बाहिरिएको बताउँदै आएका छन् ।
संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले यो बिषयमा आप्नो गम्भीर ध्यान आर्कषण भएको र तत्काल बोदार्थ गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’