बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आठ वर्षमा दोब्बर कलेजलाई सम्बन्धनः अध्ययन कार्यदल भन्छ, सम्बन्धनको वृद्धिदर निकै खतरनाक छ

शुक्रबार, ०४ माघ २०७५, ०६ : ४४
शुक्रबार, ०४ माघ २०७५

काठमाडौँ – कजेलहरुलार्य सम्बन्धन दिने विषयमा अध्ययन गरी सुझाव दिने कार्यादेशसहित गत २२ साउनमा सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको छ । 

विश्वविद्यालय अनुदा आयोगका सदस्यसचिव प्राडा देवराज अधिकारीको संयोजकत्वमा गठित कार्यदलमा त्रिभुवन विश्वविद्यालयका प्राडा विनिल अर्याल, गोल्डेनगेट कलेजका रमेश सिलवाल, जनमैत्री बहुमुखी क्याम्पसका भोला ओझा र शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईं सदस्य थिए ।

कार्यदलले अन्धाधुन्ध सम्बन्धन दिने प्रवृत्तिले शैक्षिक गुणस्तर घटाएको ठहर गरेको छ ।

कार्यदलले विश्वविद्यालयहरुले अनुगमन तथा मुल्याकंन गर्न सक्ने संरचना वा प्रणालीको विकास नहुँदासम्म सम्बन्धनको प्रक्रियालाई स्थगन गर्न सुझाव दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप