डा केसीलाई नाइटभिजन हेलिकप्टरमा काठमाडौं ल्याइँदै
बिहीबार, ०३ माघ २०७५, २२ : ०१
काठमाडौं–इलाममा ९ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि आजै राती काठमाडौं ल्याइने भएको छ । त्यसका लागि केसी र उनका उनका सहयोगीले सहमति जनाएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन राजी भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
उनलाई भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट नाइट भिजन हेलिकप्टर मार्फत काठमाडौं ल्याउन लागिएको बताइएको छ ।
चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिवेदनमा औँल्याइएका सुझाव कार्यान्वयन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
अर्घाखाँचीमा टिपर दुर्घटना, चालक र सहचालक घाइते
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक
-
नेपाललाई जितका लागि ६० बलमा १४४ रन आवश्यक
-
एन्फा महासचिव राईमाथि कारबाहीको माग गर्दै खेलकुद मन्त्री समक्ष निवेदन
-
राष्ट्रियसभा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूलाई अध्यक्ष दाहालको निर्देशन