बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कञ्चनपुरमा पाँच किलो चरेससहित एकजना पक्राउ

बिहीबार, ०३ माघ २०७५, २० : ४२
बिहीबार, ०३ माघ २०७५

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका ५७ वर्षीय रामबहादुर बोहरा पाँच किलो चरेससहित बिहीबार पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय झलारी र जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा चरेससहित बोहरालाई पक्राउ गरेको हो । 

घर नजिकै झोलामा चरेस लुकाइछिपाइ लैजाँदै गरेका बेला रङ्गेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । 

पक्राउ परेका बोहरालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उनले बताए । 

बोहरामाथि लागु औषध ऐन २०३३ अनुसार मुद्दा चलाइने प्रहरी निरीक्षक अवस्थीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप