बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टासी घले मानार्थ अध्यक्षबाट बर्खास्त, यस्ता छन् एन्फाको ७ निर्णय

बिहीबार, ०३ माघ २०७५, २० : २४
बिहीबार, ०३ माघ २०७५

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले संघको मानार्थ पद खारेज गर्ने निर्णय गरेको छ । 

काठमाडौंमा बिहिबार बसेको एन्फाको कार्य समिति बैठकले टासी घलेलाई मनोनित गरेको मानार्थ पद खारेज गर्ने निर्णय गरेको हो । 

वर्तमान कार्यसमितिले निर्वाचन लगत्तै टासी घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो । 

कर्माछिरिङ शेर्पा प्यानललाई निर्वाचनमा जिताउन मुख्य योजनाकारको भुमिका निर्वाह गरेको भन्दै टासीलाई मानार्थ अध्यक्षमा नियुक्त गरिएको थियो ।

तर नयाँ नेतृत्वसँग मानार्थ अध्यक्ष टासीले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिन आग्रह गर्दै आएका थिए । 

चुनावका मुख्य योजनाकार टासीलाई पन्छाउँदै नविन पाण्डेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नियुक्त गरेपछि टासी एन्फा नेतृत्वसँग रुष्ट देखिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप