मिटरमा जान नमान्ने ६५ ट्याक्सी चालक ट्राफिक प्रहरी फन्दामा
काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने र मिटरमा हिँड्न नमान्ने ६५ ट्याक्सी चालकलाई कारवाही गरेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा ट्याक्सी कारबाहीलाई आक्रामक बनाएको ट्राफिक प्रहरीले बिहीबार मात्रै ६५ जना ट्याक्सी चालकलाई कारवाही गरेको हो ।
‘यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, मिटर बिगार्ने र बिग्रेको मिटर नबनाउने ट्याक्सी चालकलाई ट्राफिक महाशाखाले कारबाही गर्दै आएको छ’ महाशाखाले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालक कारवाहीमा पर्दै आएका छन् ।’
ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा महानगरीय ट्राफिक कन्ट्रोल रुमको हटलाईन नम्बर १०३ मा फोन गर्न तथा ९८५१२९५१०० मा एसएसएस गर्न ट्राफिक महाशाखाले आग्रह गरेको छ ।
साथै ट्राफिक प्रहरीको फेसबुक पेज, मोबाइल एप्लिकेशन र ट्विटरमा पनि ट्याक्सीको कसुरबारे सूचना दिन सकिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी