माघ ७ गते सिए सम्मेलन हुने
काठमाडौं– नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले सिए सम्मेलन गर्ने भएको छ । एक्यानले बिहिबार पत्रकार सम्मेलन गरेर यही माघ ७ गते काठमाण्डौंमा सिए सम्मेलन २०७५ आयोजना गर्न लागेको जानकारी गराएको छ । राष्ट्रिय समृद्धिका साझेदार नार सहित एक दिने सम्मेलन आयोजना गर्न लागेको संघका अध्यक्ष आनन्द शर्मा वाग्लेले बताएका हुन् ।
सम्मेलनको उद्घाटन अर्थमन्त्री डा.युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा महालेखा परीक्षक, नेपाल राष्ट्र बैंकका गर्भनर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, नीजि क्षत्रको प्रतिनिधि, बैंकर्स एशोसिएसन लगायतका एक दर्जन व्यक्तिहरुले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
चाटर्ड एकाउन्टेन्टको योगदानबारे देश र जनतालाई जानकारी गराउँदै आफ्नौ पेशालाई थप मर्यादित बनाउन सम्मेलन सफल हुने आयोजक नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघले बताएको छ । मुलुकको लेखा प्रणालीमा सहयोग गर्ने चाटर्ड एकाउन्टेन्टहरु विकास र समृद्धिमा साझेदारको भूमिकामा स्थापित गराउने उद्देश्यले सम्मलेन आयोजना गर्न लागेको संघले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर