स्काईवर्थलाई "सीईएस २०१९" मा चार अवार्ड
काठमाडौं– घरेलु उपकरण उद्योगमा विश्वव्यापी चर्चा कमाएको स्काईवर्थ सीईएस २०१९मा चार अवार्डबाट सम्मानित भएको छ ।
स्काईवर्थ सीईएस २०१९मा नयाँ उत्पादन तथा प्रविधिहरु प्रस्तुत गरेको थियो । सीईएस २०१९ कार्यक्रमको क्रममा स्काईवर्थलाई २०१८/२०१९ शीर्ष ५० ग्लोबल सीईको ब्राण्ड, २०१८/२०१९ शीर्ष १० सीई ब्राण्ड, २०१८/२०१९ शीर्ष १० ग्लोबल टिभी ब्राण्ड अवार्ड प्रदान गरिएको छ ।
स्काईवर्थले घरेलु उपकरणको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको मान्यता पनि प्राप्त गरेको छ ।
स्काईवर्थले प्रोडक्ट अवार्ड, “द एआई स्मार्ट डियोल ईकोसिस्टम टिभी एक्सपिरेन्स गोल्ड अवाड” पनि प्राप्त गरेको छ । स्काईवर्थले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सालाई सपोर्ट गर्छ जुन स्मार्ट होमका नियन्त्रण गर्ने केन्द्र बिन्दु बनिरहेको छ ।
यसमा शक्तिशाली पीक्यू प्रोसेसर जडान भएको छ जसले गर्दा टिभीको उत्कृष्ट प्रदर्शन गरेर दर्शकलाई नयाँ अनुभव सिर्जना गर्छ ।
स्काईवर्थले गुगल, अमेजन र अन्य टेक्नोलोजी जायन्टसँग इन्टिलिजेन्ट प्रोडक्ट इकोसिस्टम स्थापना गर्न साझेदारी गरेको छ ।‘ओपन, शेयर, ह्वइन/ह्वइन’ को विश्वव्यापी रणनीतिमा आधारित रहेर स्काईवर्थले एआई टिभी उत्पादन गरेर एआईओटी बिग स्क्रिन इन्टिलिजेन्ट समाधान र ग्राहकहरुलाई उत्कृष्ट उत्पादन प्रदान गर्दै आइरहेको छ ।
स्काईवर्थले विगत ४ वर्ष अगाडि लञ्च भए पछि उपोभोक्तामाझ लोकप्रियता कमाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा सडक दुर्घटनामा १५ जनाको मृत्यु, २२ घाइते
-
नेपाललाई चौथो सफलता
-
बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
-
जनतालाई आशा भरोसा जगाउने १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी छ : प्रधानमन्त्री प्रचण्ड
-
‘अब मेरो परिचय ‘मैतबहादुर’ हुन्छ’
-
मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिन उपराष्ट्रपति यादवको आग्रह