प्रदेश २ थप्पड प्रकरणः सञ्चारमन्त्री बास्कोटाले दिए यस्तो प्रतिक्रिया
काठमाडौं– सरकारले प्रदेश नम्बर २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपिट गरेको विषय छानविनको क्रममा रहेकाले थप टिप्पणी गरिरहन नमिल्ने स्पष्ट पारेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सो घटनाबारे प्रदेश २ को सरकारले छानविन सूरु गरेकाले त्यसमा थप बोलिरहन नमिल्ने प्रतिक्रिया दिए । प्रदेश २ को सरकारले सो घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गरेको छ ।
छानविन समितिले दिएको रिपोर्टको आधारमा दोषीमाथि कडा कार्वाही हुने तर अहिले नै सो सम्बन्धमा पूर्वानुमान गर्न नमिल्ने सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाको भनाई छ । बिहिबार मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी दिन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बास्कोटाले प्रदेश २ को सरकारले छानविन सुरु गरेकाले त्यसमा केन्द्र सरकारले चासो नदिएको पनि स्पष्ट पारे ।
मन्त्री बास्कोटाले सरकार अन्तर्राष्ट्रिय लगानी भित्र्याउन राष्ट्रिय हित अनुकूल हुनेगरी कानुन संशोधन गर्न प्रतिबद्ध रहेको पनि बताए । उनले लगानीकर्ताको लगानी प्रबद्र्धन र राष्ट्रिय हित दुवै कुरालाई केन्द्रमा राखेर सरकारले कानुन संशोधन गरेर अघि बढने नीति लिएको पनि बताए ।
मन्त्री बास्कोटाले सरकारले विभिन्न प्रक्रिया पूरा गरेर जानुपर्ने भएकाले २५ अरब भन्दा बढीको लगानीमा सम्पन्न हुने आयोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट सोझै अगाडि बढाउने व्यवस्था गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण