शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुमारीपाटीको एटिएमबाट पैसा निकालेका व्यक्तिमाथि खुकुरी प्रहार गरी लुटपाट गर्ने पक्राउ

बिहीबार, ०३ माघ २०७५, १७ : ००
बिहीबार, ०३ माघ २०७५

काठमाडौँ । खुकुरी प्रहार गरी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही रानीगञ्ज घिमिरे चोक घर भएका २८ बर्षीय गोपाल दयाल रहेका छन् । दयाललाई महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको टोलीले बुधबार राती ८ बजे बजे लगनखेलबाट पक्राउ गरेको हो । 

दयालले ललितपुर महानगरपालिकाको  कुमारीपाटीमा रहेको ईन्भेष्टमेन्ट बैंककोएटिएमबाट पैसा निकाल्ने एक जनालाई खुकुरी प्रहर गरी पैसा लुटपाट गर्न खोजेका थिए । 

दयालको साथबाट प्रहरीले खुकुरी एक थान र खुर्सानीको धुलो एक पोका बरामद गरेको छ । 

खुकुरी लागि घाईते भएकालाई पाटन अस्पताल उपचार भइरहेको छ । 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यता, प्रहरीले लुटपाट गर्ने अर्का एक जनालाई कोटेश्वरबाट  पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक बलेफ गाउँपालिका ५ घर भइ काठमाण्डौ पेप्सिकोला बस्ने २२ बर्षीय आयुष ठकुरीलाई लुटपाट गरेको मोबाइल थान सहित पक्राउ गरेको हो । 

प्रहरीले ठकुरीको साथबाट नगद १९ हजार ७ सय ४२ रूपैया, विभिन्न खाडी मुलुकका ३७ रूपैया, लागुऔषध नाईट्रोभेट ५ ट्याबलेट,सामसुङ मोबाईल थान २ र कलर्स मोबाईल थान १ बरामद गरेको छ । 

प्रहरीले लुटिएको मोबाईल  पिडितलाई नै जिम्मा लगाएको छ । 

त्यस्तै, एसबीआई बैंकको एटिएमको ताला तोडफोड गर्नेलाई पनि प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ । 

कलंकीमा रहेको एटिएमको ताला काट्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बारा कलैया–१ घर भई ललितपुर सातदोबाटो बस्ने १८ वर्षीय रोहित शर्मालाई पक्राउ गरेको हो । 

शर्मालाई ताला काट्ने ह्राक्सो ब्लेट १ थान कैंची २ थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप