शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायनमा फेरि अर्काे प्रतियोगिता ‘काराओके आइकन’

बिहीबार, ०३ माघ २०७५, १६ : ४२
बिहीबार, ०३ माघ २०७५

काठमाडौं – रेक्स् फेसन होमले मौलिक गायनको बेग्लै प्रतियोगिता ‘काराओके आईकन २०७५’ गर्ने भएको छ । 
बेग्लै सोच र फरक शैलीबाट यो प्रतियोगतिा गर्न लागेको आयोजकले जनाएको छ । 

राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले ‘काराओके आईकन’सँगै  सौदर्य प्रतियोगीता ‘मिस एस.ई.ई.आइकन २०७५’ गर्न लागेको जानकारी दियो । 

संगीतको विकास तथा गायन क्षेत्रलाई व्यापकता दिन र कलाकार, गायक–गायिका, नायक–नायिका र दर्शक वीच मितव्ययिता कामय गर्न ‘काराओके आइकन’ गर्न लागेको  आयोजक संस्थाका प्रवन्ध–निर्देशक खगेश रंजितकारले बताए । 


आगामी फाल्गुण महिनाको अन्तिम साताबाट यो प्रतियोगतिा सुरु हुनेछ । मिस एस.ई.ई.आइकन २०७५ भने नयाँ बर्ष २०७६ मात्र सुरु हुने आयोजकले जनाएको छ । 

कार्यक्रममा  गायक भीम तुलाधर, बुनु राई मानन्धर, मिस नेवा दिया श्रेष्ठ, मिस ग्राण्ड इन्टरनेशनल उरुषा जोशी लगायतले कार्यक्रमको आवश्यकता र महत्वको बिषयमा आफ्नो धारणा राखेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप