शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिट हुन सक्लिन् त सुपुष्पा ?

बिहीबार, ०३ माघ २०७५, १५ : ५३
बिहीबार, ०३ माघ २०७५

काठमाडौं– पछिल्लो समय नेपाली फिल्ममा नयाँ अनुहार भित्रिने क्रम बढ्दो छ । यसरी भित्रिनेमा पनि केहीले अभिनयलाई निरन्तरता दिएका छन्, भने केही बीचमै हराएको देख्न सकिन्छ । तापनि नयाँ भित्रिने क्रम रोकिएको छैन । यस्तैमा आगामी १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रणवीर’बाट पनि केही नयाँ अनुहार नायिकाको रुपमा भित्रिने तरखरमा छन् । ती मध्येकी एक हुन्– सुपुष्पा भट्ट । 

भट्ट यसै फिल्ममार्फत अभिनयमा आफ्नो भाग्य परीक्षा गर्न लागेकी हुन् । चार्टर एकाउन्टकी विद्यार्थी भएपनि सानै देखिको रुचि अभिनय भएकोले फिल्म रोजेको उनी बताउँछिन् । यो फिल्मका लागि उनी अडिसनमार्फत चयन भएकी हुन् । ‘रणवीरलाई एक फिमेल क्यारेक्टर चाहिएको रहेछ भन्ने थाहा पाएर अडिसन दिए’ उनले भनिन् ‘चिनजान कोहीसँग नभएकोले अडिसनमार्फत भित्रिनुपर्यो ।’

कलाकार प्रशान्त ताम्राकारमार्फत अडिसन थाहा पाएकी उनले अडिसनमा पहिला आफैंले एउटा डायलग बोलेको र त्यसपछि हिरो सुशील सिटौलासँग अभिनय गरेको देखाएको उनले बताइन् ।  ‘फिल्म नगरी ‘रणवीर’ मार्फत नै सिके र बुझ्दैछु’ उनले अगाडि भनिन् ‘आफुले पाएको मौका खेर जाँदैन ।’

‘रणवीरको गीत र ट्रेलर पनि उनको अहिले चर्चा चुलिएको छ । म्युजिक भिडियो, विज्ञापन तथा केही फिल्मका अफर पनि हात लागेका छन् । तर पहिलो फिल्मको रिजल्ट नहेरी अन्य काममा हात नहाल्ने उनी बताउँछिन् । 

उनी फिल्म र आफ्नो काम प्रति विश्वस्त छिन् । दर्शकले फिल्म रुचाउनेमा उनको धारणा रहेको छ । ‘रणवीर’ उनको लागि चुनौती पनि हो । किनभने यो फिल्मबाट सन् २०१२ कि मिस नेपाल इन्टरनेशनल सुवेक्षा खड्का पनि डेब्यु गर्दैछन् ।

फिल्ममा प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल,रवि गिरी, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, वसन्ती भट्ट लगायतका थुप्रै कलाकार समेत छन् । यी कलाकारसँग अभिनय गरेर आफ्नो बेग्लै परिचय बनाउनु फलामको चिउरा चपाय सरह हो । 

प्राचि फिल्मस् र डिआर फिल्मको ब्यानरमा गोमा विस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेको यो ‘रणवीर’ माया, मित्रता र बदलाको कथा बनेको फिल्म हो । यसलाई कथा, पटकथा, संवादका साथ गोविन्दसिंह भण्डारीले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप