शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अचम्मको विवाहः सेक्ससम्म साथ, त्यसपछि बाटो अलग

बिहीबार, ०३ माघ २०७५, १२ : १३
बिहीबार, ०३ माघ २०७५

चीनको युनान, सिचुआन प्रान्त र योंगनिंग शहरमा बस्छन् मोजो समुदाय । मोजो समुदाय मातृसत्तात्मक समुदाय हो । करिब ५६ हजार जनसंख्या भएको मोजो चीनको एक अल्पसंख्यक समुदाय हो । त्यहाँ निकै अचम्मको विवाह हुन्छ जसलाई वाकिङ म्यारिज  (walking marriage) को नाम दिइएको छ । यो प्रथामा पुरुष महिलासँग एक रात बिताएपछि घर फर्कन्छन् र बच्चा पाल्ने जिम्मेवारी पनि उनीहरुको हुँदैन ।


मोजो (Mosuo) समुदायमा संयुक्त परिवारको चलन छ । परिवारका थुप्रै सदस्य काठको घरमा सँगै बस्छन् । उनीहरु धेरैजसो ठूलो कोठामा बस्छन् जहाँ कसैका लागि छुट्टै सुत्ने कोठा हुँदैन । तर जब मोजो समुदायका छोरीहरु १३ वर्षका हुन्छन् तब उनीहरुलाई एउटा छुट्टै बेडरुम दिइन्छ । उक्त कोठालाई हुफेंग भनिन्छ । हुफेंगमा नै वाकिङ म्यारिजको आयोजना गरिन्छ ।


मोजो युवती यदि कुनै पुरुषसँग आकर्षित भए उनले ती पुरुषलाई आफूसँग रात बिताउन निमन्त्रण दिन्छिन् । त्यसपछि ती पुरुषले राती हुफेंगमा युवतीसँग रात बिताउँछन् र त्यतिबेला उनीहरुबीच शारिरिक सम्बन्ध पनि स्थापित हुन्छ । बिहान हुनेबित्तिकै ती पुरुषले हुफेंग छोडेर आफ्नो घर फर्कनुपर्छ । सुरुमा यस्तो सम्बन्धलाई गोप्य राखिन्छ । युवा र युवती एक–अर्कालाई (Axiao) अशिहाउ भन्छन् ।

जब उनीहरु दुईजनालाई साँच्चैको मन पराउँछन् तब उनीहरु यस्तो प्रकारको सम्बन्ध बनाउन जारी राख्छन् र आफ्नो सम्बन्धलाई सार्वजनिक गर्छन् । उनीहरु एक–अर्कालाई पनि उपहार दिन सुरु गर्छन् । तर पुरुष भने सधैं महिलासँग रात बिताएर दिउँसो आफ्नो घर फर्कनुपर्छ ।  उनीहरु राती मात्रै महिलासँग बस्न सक्छन् अर्थात् पुरुषको भूमिका एक सेक्स पार्टनरको रुपमा मात्र हुन्छ ।


कति पार्टनर ?
मोजो समुदायका महिला आफ्नो मर्जीले पार्टनर बदल्न स्वतन्त्र छन् । तर साधारणतया एक अवधिमा उनीहरुका एउटै मात्र पार्टनर हुन्छन् र थुप्रै मामलामा यो सम्बन्ध लामो समयसम्म चल्छ ।


बच्चा पाल्ने जिम्मेवारी पुरुषको हुँदैनः
जब बच्चाको जन्म हुन्छ तब उनको नाम आमाको नाममा राखिन्छ । बच्चा आफ्नो आमाको परिवारसँग बस्छा् । बच्चाका पितालाई आफ्नो सन्तानको पालनपोषणको जिम्मेवारी हुँदैन । वास्तवमा, धेरै बच्चाहरुलाई आफ्नो बुवा को हो भन्नेबारे थाहा नै हुँदैन । बच्चालाई पाल्ने र हुर्काउने जिम्मेवारी उनका आमा र उनको परिवारलाई हुन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप