बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारको हातको जादुः फोटोग्राफी हैन, चित्रकला !

बिहीबार, ०३ माघ २०७५, १० : ३५
बिहीबार, ०३ माघ २०७५

एजेन्सी – चित्रकारको सीपबाट जन्मिने कला वास्तवमै कदरयोग्य हुन्छन् । ती कलालाई उजागर गर्नको लागि कलाकारले बर्षौ तपस्या र मेहेनत गरेका हुन्छन् । 

कलालाई निखार्नको लागि कलाकारले कयौँ पटक अभ्यास गरेका हुन्छन् । र एउटा सुन्दर कलालाई जन्म दिन्छन् । तर, कोहि यस्ता कलाकार हुन्छन् जसको हातको जादूले संसारमा नै छाप छोड्न सफल हुन्छन् । यस्तै कलाकारमा पर्छन्, कमलकी लारीआनो ।

मेक्सिकोका कलाकार कमलकीको हातमा जादु छ । उनी अगाडि बसेको जो कोहिको तस्बिर क्यानभासमा उतार्न माहिर छन् । उनले बनाएका पेन्टिङलाई हेर्दा चित्रकला नभई फोटोग्राफी जस्तो भान हुन्छ । 

उनका चित्रकलाहरु वास्तविक तस्बिर जस्ता लाग्छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा खोलेर हेर्दा लाग्छ तपाईं कुनै फोटोग्राफरको पेज हेर्दैहुनुहुन्छ । तर, ती सबै उनले क्यानभासमा उतारेका चित्रकला हुन् । 

कमलकीका चित्रकलाको जादुले हरेक मानिस कायल हुन्छन् । उनका चित्रकला इटली, अर्जेन्टिना, फ्रान्स, मेक्सिको, अमेरिका जस्ता देशहरुमा प्रर्दशनी भइसकेका छन् । 

हेर्नुस् उनका केही चित्रकलाः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप