बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुद्ध एयरको काठमाडौं कोलकाता उडान वैशाखबाट

बुधबार, ०२ माघ २०७५, १६ : ५८
बुधबार, ०२ माघ २०७५

काठमाडौं। बुद्ध एयरले वैशाखदेखि काठमाडौं कोलकाता उडान भर्ने भएको छ। कम्पनीको एटीआर ७२मार्फत साताको तीन उडान गर्ने बुद्ध एयरले जनाएको छ। काठमाडौं कोलकाता उडानको भाडादर भने केहीपछि मात्रै सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।

यो रुटको उडान समय १ घण्टा ४० मिनेटको हुनेछ । काठमाडौं कोलकाताका लागि नेपालबाट उडान अनुमति पाइसकेको र भारततर्फ अन्तिम चरणमा रहेको कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए ।

उनले कोलकता उडानका लागि कम्पनीले विहानको स्लट मागेको पनि बताए। खर्च र घाटा न्यून गर्ने उद्देश्यले परीक्षण उडानका लागि एटिआर प्रयोगमा ल्याउन लागेको जानकारी दिँदै परीक्षण उडान सफल भएमा ठूलो विमान ल्याएर उडान थाल्ने उनले बताए।

न्यारो बडी(ठूलो) विमान खरिदका लागि हाल एयबस र बोइङ कम्पनीसँग छलफल गरिसकेको बस्नेतले बताए। ‘हामीले बोइङ र एयरबसको अध्ययन गरिकेका छौँ। सुरुमा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले एटिआर (७२ बाट परीक्षण उडान सुरु गरेका हौँ। जेट उडाउँदा हुने वित्तिय लेखाजोखापछि मात्रैं विमान खरीद गर्नेछौं।’ बस्नेतले भने।

कम्पनीले काठमाडौं कोलकाता परीक्षण उडानका लागि दुई जना आन्तरिक र दुई जना भारतीय क्याप्टेन तयार गरिसकेको जनाएको छ। ग्राउण्ड ह्याण्डलिङको काम भने एयर इण्डियाले गर्ने बुद्धले जनाएको छ ।

बुद्धले ०७८ भदौबाट पोखरा विमानस्थल संचालनमा आएपछि थप नयाँ गन्तब्यमा पोखराबाट सीधा उडान गर्ने योजना बनाएको प्रवन्ध निर्देशक बस्नेतले जानकारी दिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप