बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकले ६ महिनामै कमायो १ अर्ब ५१ करोड, बैंकिङ्ग ईतिहासकै उच्च वृद्धि

बुधबार, ०२ माघ २०७५, १५ : ५०
बुधबार, ०२ माघ २०७५

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले ६ महिनामा १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

चालु आ.व. २०७५/७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको बैंकको वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक देखिएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (१ अर्ब ३५ करोड) ले वृद्धि गरी २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकको खुद मुनाफा तर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत ( ९४ करोड) को वृद्धि सहित १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको हो । गत वर्षको सोही अवधिको खुद मुनाफा ५७.१८ करोड रहेको थियो । 

बैंकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत (७४ अर्ब) को वृद्धि गरी वासालातको आकार २१४ अर्ब पुर्याउन सफल भएको छ । जस अन्तर्गत कर्जा तर्फ वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (४८ अर्ब) को वृद्धि गरी १४९.३ अर्ब र निक्षेप संकलन तर्फ वार्षिक विन्दुगत आधारमा ४६ प्रतिशत (५५ अर्र्ब) को वृद्धि गरी १७५.७६ अर्ब पुर्याउन सफल भएको छ ।

उक्त वृद्धि नेपाली बैंकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप