शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल भूकम्प गए कसरी बच्ने ? हैरौ तस्विरमा

बुधबार, ०२ माघ २०७५, १३ : ४५
बुधबार, ०२ माघ २०७५

काठमाडौं– देशभर २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाइएको छ । भूकम्पीय दृष्टिकोणबाट उच्च जोखिममा रहेका काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न जिल्लाहरुमा नागरिकहरुलाई भूकम्पीय सुरक्षाका लागि जनचेतना जागउने उद्धेश्यले सुरक्षा दिवस मनाइएको हो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले यसको नेतृत्व गरेका छन् । सोही सिलसिलामा नेपाली सेना र प्रहरीले दार्चुला, दैलेख, म्याग्दी लगायतका जिल्लामा भूकम्पीय विपतीबाट कसरी बच्न सकिन्छ भन्ने कला कौशल समेत देखाएको थियो भने केही जिल्लाहरुमा अनौपचारिक कार्यक्रम सम्पन्न गरेको थियो ।

सेना र प्रहरीले भूकम्प गएलगत्तै कसरी ज्यान बचाउने र तत्काल कसरी उद्धारमा खट्न सकिन्छ भन्ने कलाहरु समेत प्रस्तुत गरेको थियो । हेरौ तिनै कार्यक्रमका केही तस्विर ।   तस्विर: रासस  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप