शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डिशहोमले आईपीओ जारी गर्दै

बुधबार, ०२ माघ २०७५, १३ : ४७
बुधबार, ०२ माघ २०७५

काठमाडौं– नेपालको पे टीभी इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्कले आगामी आर्थिक बर्षमा आईपीओ जारी गर्ने भएको छ ।

डिशहोमको ९ औं बार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । कम्पनिले आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ । 

साधारण सभाले यस अघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय पनि गरेको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् ।

नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टीभी कम्पनि हुने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप