बहिनी करिना कपुरका कारण ट्रोल भइसकेकी छिन् करिष्मा कपुर
सेलिब्रिटी सोसल मिडिडामा ट्रोल हुनु साधारण कुरा हो । तर आफ्नो कारण नभई दोस्रो व्यक्तिका कारण ट्रोल हुँदा पक्कै पनि राम्रो लाग्दैन । तर करिष्मा कपुरलाई यस्तै भएको छ । करिष्माले करिना कपुरको रेडियो शो What Women Want मा आफू बहिनीका कारण सोसल मिडियामा ट्रोल हुनुपरेको खुलासा गरेकी छिन् ।
करिना कपुर सोसल मिडियामा छैनन् । त्यसकारण करिष्माको इन्स्टा–ट्वीटर अकाउन्टमार्फत करिनाका प्रशंसकले उनीबारे जानकारी पाउँछन् । रेडियो टक शोमा करिष्माले ट्रोलिङको रमाइलो घटनाबारे जानकारी दिँदै भनिन्, ‘इमान्दारीपूर्वक भन्ने हो भने यो तिम्रो लागि निकै फन्नी थियो । एक अनलाइन प्रयोगकर्ताले मलाई भने, ‘आफ्नो बहिनीलाई यति धेरै पाउट नगर्न भन्नुहोस्’ ।’
कुराकानीको क्रममा करिष्माले सेलिब्रिटी र प्रशंसकबीचको सम्बन्ध निकै अद्भूत हुने बताइन् । उनले भनिन्, ‘यदि मैले लामो समयसम्म करिना वा परिवारसँगको कुनै फोटो पोष्ट गरिनँ भने करिनाका प्रशंसकले मलाई लेख्छन्, ‘प्लिज म्याम, के तपाईं एउटा फोटो पोष्ट गर्न सक्नुहुन्छ ?’ त्यसकारण मलाई लाग्छ कि यो अद्भूत सम्बन्ध हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन
-
पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?
-
डेब्यु फिल्मको कार्यक्रममा दिलीपकी छोरी दिव्याले भनिन्, ‘अब यो मेरो कर्मभूमि हो’
-
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
-
१० हजार करोडमा आईपीएलको बीमा, वर्षाले खेल रद्द भए पनि जोखिम बहन
-
कर्णाली अझै पनि केन्द्रीय राज्यसत्ताको उपेक्षामा