बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जनवरी महिनामा जन्मिएकाहरु उत्कृष्ट पार्टनर, यस्ता छन् कारण

बुधबार, ०२ माघ २०७५, ११ : ११
बुधबार, ०२ माघ २०७५

हरेक व्यक्तिलाई राम्रा साथी र पार्टनरको आवश्यकता हुन्छ । यदि तपाईंका कोही साथी वा पार्टनर जनवरीमा जन्मिएका छन् भने तपाईंलाई भाग्यमानी भन्नैपर्छ । जनवरीमा जन्मिएका मानिसहरु अत्यधिक सकारात्मक, ऊर्जावान् र ठट्टा गर्नुपर्ने किसिमका हुन्छ । यो महिनामा जन्मिएका मानिसहरु राम्रा पार्टनर वा साथी हुन्छन् । आउनुहोस्, थाहा पाऔं कसरी

१. जनवरीमा जन्मिएका मानिसहरु नयाँ प्रयोग गर्न चाहन्छन् । यी मानिसहरुलाई धेरै कुरा गर्न मनपर्छ । उनीहरुले तपाईंलाई कहिले पनि बोर महसुस हुन दिँदैनन् । यस्ता व्यक्तिको साहसी र हँसीमजाक गर्ने बानीले तपाईंलाई सधैं खुसी महसुस गराउँछ ।

२. जनवरीमा जन्मिएका मानिसहरु आफ्नो निर्णयका लागि निकै स्पष्ट हुन्छ । उनीहरु साँचो बोल्ने कुरामा विश्वास राख्छन् । यस्तो व्यक्तिहरुले जे निर्णय गर्छन् त्यसलाई पूरा गर्न प्रतिबद्ध रहन्छन् ।

३. यो महिनामा जन्मिकाए मानिसहरु आफ्नो पार्टनरलाई विश्वास गर्न थोरै समय लिन्छन् । तर एकपटक साँचो मनले प्रेम र विश्वास गरेपछि उनीहरु सच्चा र निकै राम्रा पार्टनर साबित हुन्छन् । तर, कहिलेकाँही उनीहरु धेरै भावुक हुन्छन् तर आफ्नो गल्ती स्विकार गरेर जीवनमा अघि बढ्ने कुरामा विश्वास राख्छन् ।

४. यो महिनामा जन्मिका मानिसहरु स्वतन्त्र पन्छीजस्ता हुन्छन् । यी मानिसहरु कहिले पनि कुनै दबाबमा बस्न चाहँदैनन् । यी मानिसहरु ‘बाँच र बाँच्न देउ’ भन्ने कुरामा विश्वास राख्छन् । उनीहरुलाई जीवनमा कसैको पनि दखल मनपर्दैन ।

५. यी मानिसहरुलाई आफ्नो भावनालाई नियन्त्रण गर्न निकै राम्रोसँग आउँछ । साथै, आफ्नो जीवनलाई सकारात्मक तरिकाले बाँच्छन् । साथीसँगको सम्बन्ध वा प्रेम सम्बन्धलाई उनीहरु इमान्दारिताका साथ निभाउँछन् र दोस्रो व्यक्तिबाट पनि यही आशा राख्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप