शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘किक –२’ मा सलमानसँग दिशा पटानी

बुधबार, ०२ माघ २०७५, ०९ : ०३
बुधबार, ०२ माघ २०७५

एजेन्सी – बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘किक–२’ मा दिशा पटानी देखिने भएकी छिन् । सन् २०१४ मा रिलीज भएको फिल्म ‘किक’ मा ज्याकलीन फर्नाडीज मूख्य भूमिकामा थिइन् । 

साजिद नाडियाडवालाद्वारा निर्माण र निर्देशित उक्त फिल्मको सिक्वेल ‘किक–२’ को लागि गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।

सन् २०१६ मा रिलीज भएको फिल्म ‘एम.एस.धानीः दि अनटोल्ड स्टोरी’ बाट बलिउडमा डेब्यु गरेकी दिशा पटानीले दोस्रो फिल्म ‘बागी–२’ मा काम गरेकी थिइन् । पहिलो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । 

अहिले उनी सलमान खानको ‘भारत’ मा काम गरिरहेकी छिन् । स्टन्टले भरिएको फिल्ममा उनी आफैले स्टन्ट दिइरहेकी छिन् । सलमान खानको फिल्म ‘भारत’ दिशा पटानीको करियरको लागि निकै ठूलो अवसर हुने विश्वास गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप