शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फुडमाण्डूको अनलाईन फुड फेस्टिभल माघ १ देखि, १ रुपैयाँमा खाना अर्डर

मङ्गलबार, ०१ माघ २०७५, १९ : २७
मङ्गलबार, ०१ माघ २०७५

काठमाडा– नेपालको पहिलो फूड डेलिभरी कम्पनी फुडमाण्डूले अनलाईन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ । अघिल्लो वर्ष भव्यताका साथ संचालन गरिएको अनलाईन फुड फेस्टिभलबाट उत्साहित हुँदै यो वर्षपनि जनवरी १५(माघ १) देखि जनवरी २४(माघ १०)सम्म संचालन हुनेछ ।

फुडमाण्डूको अनलाइन फूड फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्ना विशेष परिकारहरु विशेष छुट मूल्यमा उपलब्ध हुनेछ । यस उत्सव अवधिमा ग्राहकहरुले आफ्नो मोबाइलमा फुडमाण्डू एप्स डाउनलोड गरेर उत्सवको मजा लिन सक्नेछन् । यो उत्सव केबल फुडमाण्डूको मोबाइल एप्समा मात्र संचालन गरेको जनाएको छ । 

फुडमाण्डूको एप्समा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, रु.१ मा खाना पाईने अवसरका साथै डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेटेन्ट गर्दा थप २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्नसक्नेछन् । यति मात्र नभई यस उत्सवमा विभिन्न गेमहरु खेलेर भौचरहरु जित्न सकिनेछ । हरेक दिन १० जना ग्राहकहरुले २५०० भन्दा माथिको अर्डरमा १८० एम.एल.को भोड्का(रुस्लान) पनि निशुल्क प्राप्त गर्नेछन् ।

साथै उत्सव अवधिभरी ग्राहकहरुसम्म फ्रि डेलिभरीको व्यवस्था छ । यस उत्सव अवधिभर फुडमाण्डूमा प्रत्येक दिन दुईपटक फ्ल्याश डिल आयोजना हुनेछ भने विभिन्न खानाका परिकारहरुसहितको मिस्ट्री बक्सहरु पनि छुट मूल्यमा उपलब्ध हुनेछ ।

पहिलो संस्करणको सफलताबाट निकै उत्साहित भएर यो वर्षपनि अनलाइन फुड फेस्टिभल आयोजना गरिएको कम्पनीका मुख्य कार्यकारी मनोहर अधिकारीले बताए । ‘यो वर्ष हाम्रा ग्राहकहरुका लागि अझ धेरै छुट र अफरका साथ खानाको मेनुमा भेराईटी थप गराएका छौं, जसले तपाईँको खानाको आवश्यकतालाई सजिलै पुरा गर्नेछ,’ उनले भने ।


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप