शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्सबीच बैंकासुरेन्स

मङ्गलबार, ०१ माघ २०७५, १९ : १८
मङ्गलबार, ०१ माघ २०७५

काठमाडौं–ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई सेवा दिने उद्देश्यकासाथ सानिमा इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौतामा हस्ताक्षर भएको जनाएको छ । 

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्ष्ँर गरेका छन् ।

यस सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर रहेका ६३ वटै शाखाहरुबाट सहजरुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमापोलिसिहरु खरिदगर्न सक्नेछन् ।

सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरुलाई लाभाविन्त हुने बैंकले विश्वास लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप