बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंक अव नेपाल शैक्षिक परामर्श संघको आधिकारिक बैंक

मङ्गलबार, ०१ माघ २०७५, १८ : ४८
मङ्गलबार, ०१ माघ २०७५

काठमाडौं–नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)कोे १३ औँ बार्षिक साधारण सभाले ग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्भौतापत्रमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरि पाण्डे र ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालबीच हस्ताक्षर भएको छ ।

नेपाल शैक्षिक परामर्श संघ नेपालको सबैभन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो ।

यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेपाल शैक्षिक परामर्श संघसंग आबद्ध कन्सल्टेन्सिहरुको सिफारिसमा विदेशमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई सरल र सुलभ तरिकाले बढीमा ३ कार्य दिनभित्र बैंकले शैक्षिक कर्जा सम्बन्धी निर्णय गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप