शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षाबाट नीजि क्षेत्रलाई भाग्ने बनाउँछौ : प्रधानमन्त्री ओली

मङ्गलबार, ०१ माघ २०७५, १७ : ४२
मङ्गलबार, ०१ माघ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सरकारले सामुदायिक विद्यालयको शैक्षिक स्तरमा व्यापक परिवर्तन गर्ने बताएका छन् । मङ्गलबार बालुवाटारमा उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि अबदेखि नीजि क्षेत्रनै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने दावी गरे ।

‘शिक्षाको क्षेत्रमा नीजि क्षेत्रलाई भाग्ने बनाउँछौ । सरकारी शिक्षाको स्तरवृद्धि व्यापक बनाउछौं । शैक्षिकस्तर माथि उठाउने सरकारको लक्ष्य छ’ प्रधानमन्त्री ओलीको भनाई छ । 

नीजि शैक्षिक संस्था बराबर सामुदायिक विद्यालयको शैक्षिकस्तर हुने भएपछि कसैले पैसा खेर फाल्न नपर्ने प्रधानमन्त्री ओलीले बताए ।

‘बैंकको जस्तो प्रभुको मर्जी स्कुललाई बनाउने छैनौ । यसलाई हटाउन सरकार गम्भिर छ । सम्बृद्ध नेपाल सुखी नेपाली अध्यारोमा फालिएको ढुङ्गा होइन । हामीलाई देश विकास गर्नुछ’ प्रम ओलीको भनाई थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप