निर्मला हत्याको विषयमा बन्यो फिल्म ‘कोपिला’

काठमाडौं– बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा पनि देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ । कार्यक्रमममा करिब एक महिनामा फिल्मको छायाँकन सकिएको निर्देशक अधिकारीले जानकारी दिए ।
८० लाख लागतमा निर्माण हुन लागेको पन्तको हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था देखाउन खोजिएको अधिकारीले जनाएका छन् । ‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति समावेस हुने अधिकारीले जानकारी दिए ।
फिल्ममा प्रमुख पात्र निर्माला अर्थात ‘कोपिला’को भूमिकामा सञ्जीवनी खरेल देखिएकी छन् । सञ्चारकर्र्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेको फिल्म गणेश गिरीको प्रस्तुतिमा बन्न लागेको हो ।
फिल्ममा सरिता गिरी, गणेश गिरी, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतको अभिनय देख्न सकिन्छ । फिल्ममा संगीत दिपक शर्माले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न