निर्मला हत्याको विषयमा बन्यो फिल्म ‘कोपिला’
काठमाडौं– बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा पनि देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ । कार्यक्रमममा करिब एक महिनामा फिल्मको छायाँकन सकिएको निर्देशक अधिकारीले जानकारी दिए ।
८० लाख लागतमा निर्माण हुन लागेको पन्तको हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था देखाउन खोजिएको अधिकारीले जनाएका छन् । ‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति समावेस हुने अधिकारीले जानकारी दिए ।
फिल्ममा प्रमुख पात्र निर्माला अर्थात ‘कोपिला’को भूमिकामा सञ्जीवनी खरेल देखिएकी छन् । सञ्चारकर्र्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेको फिल्म गणेश गिरीको प्रस्तुतिमा बन्न लागेको हो ।
फिल्ममा सरिता गिरी, गणेश गिरी, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतको अभिनय देख्न सकिन्छ । फिल्ममा संगीत दिपक शर्माले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै सवारीसाधनका लागि कहिले खुला हुन्छ नागढुंगा सुरुङमार्ग ?
-
तीनबुँदे सहमतिलाई लिएर माधव समूह नै विभाजित
-
प्रचण्डबाट आङ्बोलाई जहिल्यै धोखा !
-
कर्णाली नेकपाका सचेतक भन्छन् : एमालेसँगको सहकार्य सहज तरिकाले अघि बढ्ला जस्तो लाग्दैन
-
'हामीलाई अपराधी बनाइयो, माग पूरा नभए श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया ठप्प पार्छौँ'
-
‘अम्लेखगञ्ज–रक्सौल रेल्वे र चिनी मिलको जग्गा सरकारी जमिनमा बस्नेहरूलाई वितरण गर्न सकिन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण