शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन खाने कन्दमुल ?

यसको फाइदाबारे विज्ञ भन्छन्ः नियमित कन्दमुल खानाले नसर्ने रोग लाग्नबाट जोगाउँछ
मङ्गलबार, ०१ माघ २०७५, १२ : ५१
मङ्गलबार, ०१ माघ २०७५

आज माघ १ अर्थात् माघे संङ्क्रान्ति । सूर्यले मकर राशीमा प्रवेश गर्ने र उत्तरायण शुरु हुने आजको दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजको दिनलाई थारु अनि मगर समुदायले माघी पर्वको रुपमा धुमधाम मनाउने गर्छन् । मैथिली,   नेवारी समुदायले पनि माघीलाई विशेष रुपमा मनाउँने गर्छन् । 

समूदाय अनुसार माघे संङ्क्रान्ति पर्वको फरक महत्व भएपनि नेपालमा प्रायः सबै समूदायका मानिसले मनाउने चलन छ । यो पर्व भारतमा पनि मनाइन्छ । आजको दिन नै घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु, च्यूराको लड्डु  सख्खरखण्ड, विभिन्न तरुल, सिमल तरुल, पिडाँलु लगायत कन्दमुल खाने चलन रहेको छ । त्यसो त माघे संङ्क्रान्तिमा मात्रै होइन, नेपालका हरेक पर्वमा फरक —फकर खानाको परिकार खाने गरिन्छ । यसरी नेपालका पर्वहरुमा खाइने विविध किसिमका खानेकुराहरु  स्वास्थ्यको लागि निकै फाइदाजनक हुने गरेको कुरा पछिल्लो समय भएगरिएका विभिन्न अन्तराष्ट्रिय अनुसन्धानले पनि प्रमाणित गरिसकेको छ । 

यसैमेसोमा, माघे संङ्क्रान्तिको दिन खाइने विभिन्न परिकार तथा कन्दमुलहरुले मानव स्वास्थ्यमा पु¥याउने फाइदाका विषयमा पोषणविद्ध डाक्टर उमा कोइरालाले जानकारी गराएकी छिन् । 

माघ १ मा कन्दमुल खानुको कारण   

नेपालमा मौसम अनुसारका विभिन्न खानेकुराहरु उत्पादन हुन्छ । त्यो उत्पादनलाई महोत्सवको रुपमा स्वीकार गर्ने नेपाली चलन रहेका छन् । यो हाम्रो एकदमै राम्रो संस्कार हो । यो समयमा मौसम अनुसार ज्ुन किसिमले हावापानी फेरिन्छ, त्यो अनुसारको खाद्य पदार्थ खाने नेपाली संस्कार हो । यो अत्यन्त बैज्ञानिक ठहरिएको संस्कार हो । पहिला अहिलेको जस्तो आधुनिक खानाहरु पाइन्नथ्यो । आफ्नो जग्गा वा क्षेत्रमा उत्पादन भएको खाद्य पदार्थहरु मात्रै खानुपर्ने बाध्यता थियो । 

त्यो समयमा हाम्रो खानपानको  बारेमा कुनै खोज अनुसन्धान भयो भएन, ठोस रुपमा भन्न सकिन्न । तर हामीले जानिनजानी खार्दै आएको कुराहरु अहिले बैज्ञानिक रुपमा निकै राम्रो भएको मानिएको छ । नेपालीले कतिपय कुराहरु बिकसित राष्ट्रबाट सिकेको पनि छ तर हाम्रो संस्कार पनि  छोडेका छैनन् । 

पोषणविद् डाक्टर उमा कोइराला 

जोतिषशास्त्र अनुसार पनि माघ १ देखि तातो दिन सुरु हुन्छ । अत्याधिक चिसो भएको र कन्दमुलको पनि उत्पादन यो समयमा धेरै हुने हुँदा त्यसलाई खाने चलन छ । कर्कलोको पात झरेर पिडाँलु निकाल्ने बेला, इस्कुसको झ्याँङ मरेर जरा खन्ने बेला, सिमल तरुल, घर तरुल खन्ने बेला पनि यही समय पर्ने भएको हुँदा कन्दमुललाई माघे संङ्क्रान्तिको अवसर पारेर खाने चलन रहेको छ । 

कन्दुमलले नसर्ने रोग लाग्नबाट बचाउँछ 

पछिल्लो समय हामी भातमुखी हुन थाल्यौं अर्थात् कन्दमुल भन्दा पनि धेरै भात खाने चलन भयो । तर हाम्रो संस्कार अनुसार विशेषतः माघीको दिन पारेर खाइने तरुल कन्दमुलहरुले मानव स्वास्थ्यमा यथेस्ट मात्रामा क्यालोरी त दिन्छ नै त्यो बाहेक शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वहरु पोटासियम, क्याल्सियम, फस्फोरस, फाइबर अत्याधिक मात्रामा पाइन्छ । जसले गर्दा कन्दमुलको महत्त्व एकदमै धेरै छ । स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक यस्ता कुरा दैनिक खाँदा धेरै राम्रो हुन्छ । भातको सट्टा तरुल, पिडाँलु खाने हो भने नसर्ने रोगबाट धेरै हदसम्म जोगिन सकिन्छ । पछिल्लो समय सर्नेभन्दा पनि नसर्ने रोगका बिरामीहरु धेरै रहेका छन् । नियमित कन्दमुल सेवनले नसर्ने रोगहरु धेरैहद सम्म कम हुनसक्छ । 

हाम्रो शरीरमा  नदेखिने भोकमरी अर्थात खनिज तत्त्वको अपुग हुन्छ । हाम्रो शरीरमा जति क्यालोरिन, प्रोटीनको  आवश्यक पर्छ त्यतिनै मिनरलको पनि आवश्यक पर्छ । मिनरलले हामीले खाएको पौष्टिक तत्त्व पचाउन मदत गर्छ । खनिज तत्त्व भएन भने ठूलो परिमाणमा खाएको कुराहरु पच्दैनन् जसले गर्दा शरीरमा ठूलो असर गर्छ । नसर्ने रोगहरु लाग्ने, किड्नी तथा पाचनशक्तिमा गडबडी, बच्चाहरुको  बृद्धि बिकास नहुने जस्ता समस्याहरु देखिन्छ । नियमित कन्दमुल खाएको खण्डमा यस्ता समस्यालाई पन्छाउन तथा धेरैहदस्मम रोक्न सकिन्छ ।

के पाइन्छ कन्दमुलमा ?

कन्दमुलमा प्रोटिन कम पाइन्छ । तरुलहरुमा भिटामीन एको स्रोत ‘बिटा क्यारोटिन’ प्रचु्र मात्रामा पाइन्छ । त्यही क्यारोटिन खाद्यको माध्यमबाट शरीरमा प्रवेश गरिसकेपछि भिटामिन ‘ए’ मा परिणत हुन्छ । गाजरमा पनि प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । वास्तवमा, क्यारोटिन शब्दको मूल नै ल्याटिन शब्द क्यारोटा (Carota) अर्थात् गाजर हो । क्यारोटिनका अलावा  आइरन, म्याग्नेसिएम, फस्फोरस जस्ता शरीरका लागि आश्वयक तत्त्वहरु पनि कन्दमुलमा यथेष्ट मात्रामा पाइन्छ । 

बालबालिका र गर्भवतीलाई झन बढी आवश्यक 

यस्ता पोषिलो कन्दमुल धेरै जसो गर्भवती महिला, बालबालिका र ६० वर्ष नाघेको व्यक्तिलाई धेरै आवश्यक पर्छ । बच्चा स्वास्थ र सवल बनाउनका लागि यस्ता खानेकुरा गर्भावस्थामा खानुपर्ने हुन्छ । बालबालिकाको ७० देखि ७५ प्रतिशत दिमागको बृद्धि गर्भावस्थामा नै हुने अध्ययनले देखाएको छ । जसले गर्दा प्रशस्त मात्रामा बालबालिकाको बृद्धि बिकासको लागि पनि गर्भावस्थामा पोषिलो खाद्य पदार्थ धेरै खानुपर्ने हुन्छ । यस्तै जन्मेपछि एक वर्षसम्मको अवस्था स्वास्थ्यको दृष्टिकोणले बालबालिकाका लागि अर्काे महत्वपूर्ण अवस्था हो । यही समयावधिमा बालबालिकाहरुको ८५ देखि ९० प्रतिशत मस्तिष्क कोषहरुको निर्माण हुन्छ । त्यो अवस्थामा पनि बालबालिकालाई यस्ता पोषिला खानेकुराहरु खुवाउनु पर्ने हुन्छ । ६ महिनासम्म आमाको दूध खुवाउनु पर्छ भने ६ महिनाभन्दा पछि अरु खानासंगै  कन्दमुल, दाँल, गेडागुँडी मिसाएर खुवाउँदा राम्रो हुन्छ । त्यसो गर्दा बालबालिकाको बृद्धि र बिकास दुबै कुरा राम्रो सँग हुन्छ  । त्यस पछि अर्काे अवस्था हो बाल्य अवस्था । यो अवस्था पनि बालबालिकाको धेरै ग्रोथ हुने समय हो । यो समयमा बालबालिका खेल्ने दौडिने हुदाँ उनिरुहको शरीरको आवश्यकतालाई पूर्ति गर्न धेरै पौष्टिक तत्व चाहिन्छ विशेष गरेर क्यालोरिन र प्रोटिनको जरुरी हुन्छ साथै खनिज पदार्थ र चिल्लो पदार्थ पनि चाहिन्छ । 

यस्तै अर्काे अवस्था भनेको युवा अवस्था हो । यो अवस्था शारिरीक बिकासको हिसावले अत्यन्त महत्वपूर्ण अवस्था हो । यो अवस्थामा महिला पुरुष दुर्बैको सेक्स अर्गानहरुको बिकास हुने र धेरै हर्मनहरु परिवर्तन हुने, उचाई र तौल पनि यही बेलामा बढ्छ । यो समयमा बाहिरको खानामा धेरै ध्यान दिने हुन्छ जसले गर्दा पोषिलो तत्व पुगिरेको हुर्देन् त्यसैले यो समयमा खानपानमा धेरै ध्यान दिनुपर्ने हुन्छ । ६० देखि ६५ वर्ष भन्दा माथिका व्यक्तिलाई पोषिलो खानाको एकदमै आवश्यक पर्छ ।  चामल भन्दा पनि कन्दमुल खाने हो भने स्वास्थ्यको लागि धेरै राम्रो हुन्छ । दाँल, तरकारी, अचार त हुन्छनै भातको सट्टामा कन्दमुल खाँदा राम्रो हुन्छ । जुन कुरालाई हाम्रो उत्पादनलाई पनि मद्धत पु¥याउछ भने कृषकलाई पनि प्रोत्साहन हुन्छ । 

माघे संङक्रान्तिमा खाने तिलको लड्डु, चाकु, सेल, फापर, कोदोको फुरौला स्वास्थ्यको लागि एकदमै लाभदायक हो । तिलले हाम्रो शरीरमा धेरै प्रोटिन क्याल्सिएम, आईरनहरु दिन्छ यस्तो कुराहरुले शरीरको आवश्यकता पूर्ति गर्छ । प्राकृतिक खाना नियमित खाने हो भने क्याल्सिएम, आईरन ट्याबलेटहरु खानै पर्देन् । सकेसम्म बालबालिका देखिनै सिकाउँने हो भने सानोतिनो रोगबाट डराउँनु पनि पर्देन् ।

आधुनिक खाना भन्दा कन्दमुल धेरै गुणा फाईदा जनक 

स्वास्थ्यको हिसाबमा हेर्ने हो भने आधुनिक खाना भन्दा कन्दमुल धेरै फाइदाजनक खाद्य पदार्थ हो । हामीले जस्तो खाना खान्छौँ त्यस्तै बुद्धी हुन्छ भन्ने अनुसन्धानले देखाईसकेको  छ । उच्च पौष्टिक तत्व भएको खानाहरु खान्छौ भने शरीरलाई स्वस्थ्य र उर्जाशिल बनाउँन मद्धत गर्छ । केही समय आधुनिक खाना तर्फ धेरैको ध्यान भएको थियो भने अहिले यस्ता खाना स्वास्थ्यको लागि फाईदा जनक होईन भन्न थालेका छन् । पछिल्लो समय मार्सि चामलले निकै चर्चा भयो । बिस्तारै हाम्रो पहिलाको खानेकुरा तर्फ मान्छेहरु आकर्षण हुर्दैछन् । हाम्रो पहिलाको खाना अर्गानीक र विषादी रहित छन् । प्रशोधन नगरिएको खाद्य पादर्थहरु स्वास्थ्यको लागि निकै फाईदा जनक रैछन् भन्ने कुराको अहिले अनुमान गर्न थालिसकेको छ त्यसैले प्रशोधित खाने कुरा भन्दा  अर्गानी खानेकुरा धेरै राम्रो छ । 

एकत नेपाल कृषि प्रधान देश भएर पनि खानेकुराको बेसनै कृषिबाट हुने गरेको छ । जस्तै धेरै चलेको बर्गर, पिज्जाको बेस भनेको बन्ने त पिठोबाटनै हो तर स्वास्थ्यको लागि एकदमै हानिकार मानिने मैदाको पिठो बाट बनाईन्छ । अहिले विश्वमा पनि पुरानो खानाहरुको धेरै चलन आएको छ । प्रशोधन नगरेको खानेकुरा खाँउ भनेर विश्वको धेरै बिकसीत देशहरुले भन्दै आईरहेको तर हाम्रो नेपालमा त प्रशोधन नगरेको धेरै खानेकुराहरु छन् । यस्ता खानाले पैसा पनि बचत भयो, सस्तो पनि अर्काे महत्वपूर्ण कुरा रोग मुक्त पनि भयौँ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप