शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वर्षको पहिलो हिट फिल्म बन्ने तयारीमा उरी, पहिलो विकेन्डमा ३५ करोड बढीको कमाई

मङ्गलबार, ०१ माघ २०७५, १२ : २९
मङ्गलबार, ०१ माघ २०७५

विकी कौशल र यामी गौतमको फिल्म उरीः द सर्जिकल स्ट्राइक वर्षको पहिलो हिट फिल्म बन्ने दिशामा अग्रसर छ । करिब २५ करोड भारुको लागतमा बनेको फिल्मले आफ्नो पहिलो विकेन्डमा कूल ३५.७३ करोडको कमाई गरेको छ । तेस्रो दिन फिल्मको कमाईमा २१.४८ प्रतिशतको वृद्धि दर्ता गरिएको छ । ट्रेड एनालिस्ट तरन आदर्शले ट्वीट गरेर यसबारे जानकारी दिएका छन् ।

पहिलो दिन कमाएका थिए ८.२० करोडः

सन् २०१६ मा भएको सर्जिकल स्ट्राइकमा आधारित यो फिल्मले पहिलो दिन ८ करोड २० लाख भारु कमायो । दोस्रो दिन फिल्मको कमाई ५१.५९ प्रतिशत वृद्धि भयो र कमाई १२ करोड ४३ लाख रह्यो । यस्तै, तेस्रो दिन फिल्मले देशभरी १५ करोड १० लाख भारु जम्मा गर्यो ।

केजीएफको हिन्दी संस्करणले बटुल्यो ४२ करोडः

गत वर्ष डिसेम्बरमा रिलिज भएको रणवीर सिंहका ब्लकबस्टर फिल्म सिम्बाले रिलिजको १७ औं दिन ५ करोड ३० लाख भारुको कारोबार गर्यो । यसका साथै फिल्मको कूल कमाई २२४.८४ करोड भारु भयो । यस्तै पारसनाथ नीलको निर्देशनमा बनेको फिल्म केजीएफः च्याप्टर वानलाई पनि हिन्दी दर्शूकले निकै रुचाए । फिल्मको हिन्दी संस्करणले चार हप्तामा ४२ करोड भारुको कमाई गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप