शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्स्टाग्राममा एउटा साधारण अण्डाले पायो २.५ करोड बढी लाइक, नायिकाको विश्व रेकर्ड तोडियो

मङ्गलबार, ०१ माघ २०७५, ०८ : ५९
मङ्गलबार, ०१ माघ २०७५

हलिउड नायिका एवं सर्वाधिक धनी सेलिब्रिटीमध्ये एक काइली जेनरलाई सोसल मिडियामा एउटा अण्डाले पछारेको छ ।

वर्ल्ड रेकर्ड नामको इन्स्टाग्राम पेजमा एउटा अण्डाको फोटो पोष्ट गरिएको थियो जसले अहिलेसम्म २.५ करोडबढी लाइक पाइसकेको छ । यस्तै, गत वर्ष काइलीको तर्फबाट पोष्ट गरिएको उनको छोरीको फोटोले १.८० करोड लाइक पाएको थियो जसले विश्व रेकर्ड राखेको थियो ।  २१ वर्षीया काइली संसारकी पाँचौं धनी सेलिब्रिटी हुन् ।

यो अकाउन्टमा एउटा अण्डाको मात्रै फोटोः

२.५ करोड बढी लाइक्स पाएर विश्व रेकर्ड बनाउने यो अण्डाको फोटोलाई २धयचमि)चभअयचम)भनन  बाट पोष्ट गरिएको छ । यो अकाउन्टमा अहिलेसम्म यहि एउटा अण्डाको फोटो मात्रै पोष्ट गरिएको छ । यो अकाउन्टका ३० लाख बढी फलोअर्स छन् ।

अण्डाको फोटोले रेकर्ड तोड्नुको कारणः

यो अण्डाको फोटो पोष्ट गर्दै अकाउन्टधारीले बजफीड, डेलीमेल, सिएनएन, प्यूटाईपाई, द सन, द एलन शोजस्ता ठूल्ठूला वेबसाइटलाई ट्याग गरेका थिए । यो फोटो पोष्ट गर्दै काइलीलाई चुनौती दिइएको थियो । अकाउन्टधारीले यसलाई पोष्ट गर्दै लेखेका थिए, ‘नयाँ विश्व रेकर्ड बनाऔं र यसलाई इन्स्टाग्रामको सबैभन्दा धेरै लाइक पाउने फोटो बनाऔं । अहिलेको विश्व रेकर्ड जुन काइली जेनरको नाममा छ, त्यसलाई तोडेर देखाऔं ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

stormi webster 👼🏽

A post shared by Kylie (@kyliejenner) on

काइलीले पनि यस्तै मेसेज लेखेकी थिइन्ः

काइलीले सन् २०१८ मा फेब्रअरीमा छोरीको फोटो पोष्ट गर्नेबेलामा लेखेका थिए, ‘आउनुहोस्, सबैजना मिलेर विश्व रेकर्ड बनाऔं र इन्स्टाग्राममा सबैभन्दा धेरै लाइक पाउने पोष्ट बनाऔं ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Take that little egg

A post shared by Kylie (@kyliejenner) on

काइलीले सडकमा अण्डा फुटाएर दिइन् जवाफः

एक साधारण अण्डाको पोष्टमा २८ मिलियन बढी लाइक आएपछि काइली जेनरले पनि प्रतिक्रिया दिइन् । नायिकाले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेकी छिन् जसमा उनी सडकमा त्यस्तै अण्डा फुटाइरहेको देख्न सकिन्छ । अण्डा फुटाउनु अघि उनी सडकलाई छोएर भन्छिन्, ‘साथीहरु, सुरुमा सडक कस्तो छ त्यो हेरौं । यो साँच्चै नै कडा छ’, त्यसपछि उनले अण्डा फुटाएर बाटोमा राखिदिन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप