इन्स्टाग्राममा एउटा साधारण अण्डाले पायो २.५ करोड बढी लाइक, नायिकाको विश्व रेकर्ड तोडियो
हलिउड नायिका एवं सर्वाधिक धनी सेलिब्रिटीमध्ये एक काइली जेनरलाई सोसल मिडियामा एउटा अण्डाले पछारेको छ ।
वर्ल्ड रेकर्ड नामको इन्स्टाग्राम पेजमा एउटा अण्डाको फोटो पोष्ट गरिएको थियो जसले अहिलेसम्म २.५ करोडबढी लाइक पाइसकेको छ । यस्तै, गत वर्ष काइलीको तर्फबाट पोष्ट गरिएको उनको छोरीको फोटोले १.८० करोड लाइक पाएको थियो जसले विश्व रेकर्ड राखेको थियो । २१ वर्षीया काइली संसारकी पाँचौं धनी सेलिब्रिटी हुन् ।
यो अकाउन्टमा एउटा अण्डाको मात्रै फोटोः
२.५ करोड बढी लाइक्स पाएर विश्व रेकर्ड बनाउने यो अण्डाको फोटोलाई २धयचमि)चभअयचम)भनन बाट पोष्ट गरिएको छ । यो अकाउन्टमा अहिलेसम्म यहि एउटा अण्डाको फोटो मात्रै पोष्ट गरिएको छ । यो अकाउन्टका ३० लाख बढी फलोअर्स छन् ।
अण्डाको फोटोले रेकर्ड तोड्नुको कारणः
यो अण्डाको फोटो पोष्ट गर्दै अकाउन्टधारीले बजफीड, डेलीमेल, सिएनएन, प्यूटाईपाई, द सन, द एलन शोजस्ता ठूल्ठूला वेबसाइटलाई ट्याग गरेका थिए । यो फोटो पोष्ट गर्दै काइलीलाई चुनौती दिइएको थियो । अकाउन्टधारीले यसलाई पोष्ट गर्दै लेखेका थिए, ‘नयाँ विश्व रेकर्ड बनाऔं र यसलाई इन्स्टाग्रामको सबैभन्दा धेरै लाइक पाउने फोटो बनाऔं । अहिलेको विश्व रेकर्ड जुन काइली जेनरको नाममा छ, त्यसलाई तोडेर देखाऔं ।’
काइलीले पनि यस्तै मेसेज लेखेकी थिइन्ः
काइलीले सन् २०१८ मा फेब्रअरीमा छोरीको फोटो पोष्ट गर्नेबेलामा लेखेका थिए, ‘आउनुहोस्, सबैजना मिलेर विश्व रेकर्ड बनाऔं र इन्स्टाग्राममा सबैभन्दा धेरै लाइक पाउने पोष्ट बनाऔं ।’
काइलीले सडकमा अण्डा फुटाएर दिइन् जवाफः
एक साधारण अण्डाको पोष्टमा २८ मिलियन बढी लाइक आएपछि काइली जेनरले पनि प्रतिक्रिया दिइन् । नायिकाले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेकी छिन् जसमा उनी सडकमा त्यस्तै अण्डा फुटाइरहेको देख्न सकिन्छ । अण्डा फुटाउनु अघि उनी सडकलाई छोएर भन्छिन्, ‘साथीहरु, सुरुमा सडक कस्तो छ त्यो हेरौं । यो साँच्चै नै कडा छ’, त्यसपछि उनले अण्डा फुटाएर बाटोमा राखिदिन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण