अवैध लागूऔषधसहित ३ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं र पर्साबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ चिवाहाल बस्ने ३१ वर्षीय नरेन्द्र प्रजापति, ४२ वर्षीय तेन्जीङ नोर्वु लामा र ४० वर्षीय बिमल रोक्का रहेका छन् ।
प्रजापतिलाई नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, बुप्रेनोर्फिन २९ एम्पुल र फेनारगन ४० एम्पुलसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ र
यसैगरी तेन्जीङ नोर्वु लामालाई लागूऔषध एम्फेटामाईन ५ ग्रामसहित आइतबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यता पर्सा वीरगञ्ज महानगरपालिका–१६ बसपार्कस्थित सडकबाट रोक्कालाई नियन्त्रित लागूऔषध फेनारगन ३३ एम्पुल, नुर्फिन ३३ एम्पुल र डाईजेपाम ३३ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी बसपार्क पर्साबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्जतर्फ पैदल हिँडी आउँदै गरेका रोक्कालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?