बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्यालिफोर्नियामा नेपालीले मनाए पृथ्वीजयन्ती

सोमबार, ३० पुस २०७५, १३ : २६
सोमबार, ३० पुस २०७५

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रासिस्को वे एरिया निवासी नेपालीहरूले राष्ट्रिय एकताका प्रतिक तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको २९७ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् ।

वे एरियामा कृयासिल सामाजिक संस्थाहरू मंदरल्यान्ड नेपाल नेपाल विश्व सहयोग संघ ,पश्चिम अमेरिका नेपाली महासंघ लायन्स क्लव अफ सानलियान्ड्रो मनकामनाले उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा शिक्षाविद् सुरेश भट्ट, मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष तथा पूर्व प्रर्यटन दुत अनिल पाण्डे, लगायतले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका थिए । 

त्यस्तै प्रिन्स युवराज कार्की, समाजसेवी रवीन्द्र राई, व्यवसायी नारायण सोनामी, समाजसेवी राजेन्द्र जोशी, सुनीता गुरुङ, सुजित सिंहलगायतले पृथ्वीनारायणले आधुनिक नेपाल एकिकरणमा पुर्याएको योगदानको चर्चा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप