शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिद्धि सिद्धि सिमेन्टबारे जानकारी दिँदै शंकर ग्रुप र अम्बे ग्रुप

सोमबार, ३० पुस २०७५, १३ : २१
सोमबार, ३० पुस २०७५

काठमाडौं– शंकर ग्रुप र अम्बे गु्रपको संयुक्त लगानीमा मकवानपुरको हेटौंडामा निर्माणाधीन रिद्धि सिद्धि सिमेन्टले आफ्नो उत्पादनको पूर्वसन्ध्यामा जनकपुर, बर्दिवास, बीरगञ्ज र हेटौंडा लगायतका स्थानमा निर्माण सामाग्री विक्रेताहरुसँग भेटघाट एवं अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

कार्यक्रममा शंकर ग्रुपका प्रबन्ध निर्देशक एवं युवा उद्यमी साहिल अग्रवालले रिद्धि सिद्धि सिमेन्ट युरोपियन अत्याधुनिक प्रदुषण रहित एवं नेपालमै पहिलो पटक रोबोटिक प्रवधिले गर्दा गुणस्तरमा हुने एकरुपता र लेजरसिल प्रविधिले गर्दा सामान्य बोरामाभन्दा कम चुहावट साथै वातावरणमैत्री हुने बताए । 

त्यसैगरी शंकर ग्रुपका कार्यकारी निर्देशक आनन्द नेपालले रिद्धि सिद्धि सिमेन्टको उत्पादनले गुणस्तर शतप्रतिशत सुनिश्चित गर्ने बताउँदै छिटै नै आम उपभोक्ताको विश्वास जित्नेमा विश्वस्त लिएको बताए । 

लामो समयदेखि बहुराष्ट्रिय कम्पनीमा नेतृत्व तहमा रही उत्पादित वस्तुको बजारीकरणमा निकै सफल मानिएका रिद्धि सिद्धि सिमेन्टका महाप्रबन्धक मुकुन्द घिमिरेले आफ्नो उत्पादन आम उपभोक्तामैत्री हुने बताउँदै स्थानीय बजारमा आफ्नो उत्पादनको बलियो उपस्थिति  रहने दाबी गरे ।  

कार्यक्रममा उल्लेखनीय संख्यामा निर्माण सामाग्री विक्रेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ब्राण्ड म्यानेजर अनुज कुमार महतले सिमेन्टको बजारीकरणमा नयाँ अभियान तथा जनचेतनामुलक कार्यक्रम चलाइने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप