प्रेम दिवसमा विवाह गर्दै वर्षा र संजोग
काठमाडौं – लामो समयदेखि प्रेममा रहेका अभिनेता संजोग कोईराला र अभिनेत्री वर्षा राउत विवाह बन्धनमा बाँधिने भएका छन् ।
आगामी प्रेम दिवस अर्थात फागुन २ गते दुबैले लगनगाँठो कस्ने भएका हुन् ।
अभिनेत्री वर्षाले सोमबार (आज) आफ्नो आधिकारीक फेसबुकमार्फत एक कार्ड शेयर गर्दै विवाह मिति सार्वजनिक गरेकी हुन् ।
प्रेमको प्रशंसा गर्दै लेखिएको कार्डमा भनिएको छ‘ हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ । हामी जीवनभरका लागि यात्रा सुरुवात गर्न गइरहेका छौ ।’ सोही कार्ड अभिनेता संजोगले पनि शेयर गरेका छन् ।
विवाह कहिले गर्ने ? प्रश्नले हैरान भएका यी कलाकारले अब भने मिडियाको यस्तो प्रश्नबाट छुटकारा पाउने भएका छन् ।
अभिनेत्री बर्षा पछिल्लो समयकी ब्यस्त अभिनेत्री हुन् । उनले अभिनय गरेको फिल्म ‘चौका दाउ अहिले प्रदर्शनरत छ, भने ‘गोपी’ केही सातापछि प्रदर्शनमा आउँदैछ ।
फिल्मको अलवा उनी म्युजिक भिडियोमा समेत देखिने गरेकी छन् । ‘नाइँ नभन्नू ल ४’ बाट बर्षाले नेपाली चलचित्र अभिनय डेब्यु गरेकी हुन् ।
संजोगले पनि लगतार फिलम अभिनय गरिरहेका छन् ।
उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘कथा काठमाडौं’ केही पहिले रिलिजमा आएको थियो । ‘उत्सव’, ’छक्का पञ्जा ३’, ’बाजीगर’ लगायतका फिल्ममा काम संजोग र बर्षा प्रेममा रहेको करिब ६ बर्ष भएको छ । ‘एउटा यास्तो प्रेम कहानी’ फिल्ममा वर्षा र संजोगले एकसाथ अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ