शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रोफाइल फोटोमा आफ्नो मात्र फोटो राखेको निहुँमा प्रेमीले झारिदिए प्रेमिकाको तीनवटा दाँत

सोमबार, ३० पुस २०७५, ११ : १७
सोमबार, ३० पुस २०७५

डेली मेल

फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेको निहुँमा एक प्रेमीले प्रेमिकाको दाँत झारिदिएका छन् भने बंगारा भाँचिदिएका छन् ।

लिभरपुलका लोइस एसटोनलाई उनका २९ वर्षे प्रेमी एन्ड्रयू म्याकनेयरले यति बेस्सरी हाने कि उनका तीनवटा दाँत भाँच्चिएका छन् ।

म्याकनेयरलाई उक्त घटनापश्चात् ३६ महिनाको जेल सजाय तोकिएको थियो । प्रेमिकाले दुईजनाको फोटोबाट आफूलाई हटाएर फेसबुकमा आफ्नो मात्र फोटो राखेका कारण उनी रिसाएका थिए ।

एसटोनले भनिन्, ‘उनी सुरुमा निकै मायालु थिए, मलाई निकै राम्रो व्यवहार गर्दथे । तर समय बित्दै जाँदा उनी परिवर्तन भए ।’

‘उनले मलाई यसअघि पनि थुप्रै पटक पिट्ने गर्दथे । एकपटक उनले मलाई थप्पड हाने । अर्को पटक टाउकोमा खुट्टाले हाने ।’

‘मैले त्यतिबेला नै उनलाई छोडिदिने सोच बनाएको थिएँ तर उनी सधैं फोन गरेर मसँग रोएर माफी माग्थे र मलाई उनको माया लाग्थ्यो,’ उनले भनिन् ।

एसटनले भनिन्, ‘मलाई त्यतिबेला म मर्दैछु जस्तो लागेको थियो । सहयोग माग्नका लागि म घिस्रिएर बाटोमा पुगेकी थिएँ ।’

आफूमाथि आक्रमण भएको रात म्याकनेयरले आफूलाई महिलाको ‘नाइट आउट’ पार्टीमा एक्लै भएको बताएका थिए ।

एसटोनले भनिन्, ‘हामी पबमा गयौं तर उनी हामीसँग बस्दा पनि बसेनन् । उनी अर्को बुथमा हामीलाई हेर्दै बसे ।’

पबपछि एसटोन म्याकनेयरलाई छोडेर आफ्नो साथीको घरमा ककटेलका लागि गइन् ।

उनका अनुसार उनले त्यसरात फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेको सुतेकी थिइन् । तर भोलिपल्ट उनी निकै भयावह स्थितीमा ब्यूझिइन् । म्याकनेयर उनको खुट्टामाथि उभिएर उनीमाथि चिच्याइरहेका थिए ।

एसटोनले भनिन्, ‘म त्यहाँबाट भाग्न सफल भएँ । छिमेकीको ढोकामा सहयोगका लागि टाउको ठोकेँ तर कोही पनि उपस्थित भएनन् ।’

त्यसपछि म्याकनेयरले उनलाई लगातार झापड र मुक्का हान्न थाले । उनलाई टाउकोमा लात्ताले हाने ।

उनले भनिन्, ‘त्यसपछि उनले मेरो अनुहारमा यति बेस्सरी मुक्का हाने कि मेरो दाँत नै झर्यो ।’

अत्यधिक डराएकी उनले यसबारे पुलिसमा रिपोर्ट दर्ता गरिनन् । उनी घरेलु हिंसापछि महिलालाई दिइने आश्रयस्थल गइन् ।

म्याकनेयरको बारम्बारको चेतावनीपछि मात्रै उनले यसबारे पुलिसलाई जानकारी दिएकी हुन् ।

एन्ड्रयू म्याकनेर २०१७ नोभेम्बरमा उपस्थित भए जहाँ उनलाई ३६ महिनाको जेल सजायँ तोकियो ।

तर एसटोनका अनुसार उनलाई रिहा गरिसकिएको छ ।

उनले भनिन्, ‘उनलाई ११ महिनापछि नै रिहा गरियो । उनी अब आफ्नो जीवन खुल्ला रुपमा मज्जाले बाँचिरहेका छन् । उनको अवस्था हेर्दा यस्तो लाग्छ कि उनले जे गरे त्यो निकै सामान्य थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप